नेपाल डे परेडमा म्याग्दी समाज अमेरिकाले पन्चे बाजा बजाउने (भिडियो सहित)




नेपाल डे परेडमा म्याग्दी समाज अमेरिकाले पन्चे बाजा बजाउने अमेरिकाको न्यु योर्कमा गरुन लागेको नेपाल डे परेडमा म्याग्दी समाज अमेरिकाले पन्चे बाजा सहितको झाँकी प्रदर्शन गर्ने भएको छ |

 म्याग्दी समाज अमेरिकाका अध्यक्ष रामप्रकाश भण्डारीले द नेपाल टुडे संग कुरा गर्दै उक्त कुरा बताउनु भएको हो | "नेपाल परेड डे हामी सबै नेपालीको गौरबको कुरा हो | यसलाई सफल बनाउनु हामी सबैको कर्तब्य र दायित्व हो |" भण्डारीले भन्नुभयो |

 उक्त दिनका लागि मेरिल्याण्डबाट म्याग्दी समाज अमेरिकाले एउटा बस नै रिजर्ब गरेर त्यस तर्फ जान लागेको समाजका उपाध्यक्ष अमर छन्त्यालले बताउनु भयो |

"गाडीमा पन्चे बाजा बजाउदै नाच्दै, गाउदै, रमाईलो गर्दै न्यु योर्क जान्छौं |" अमर छन्त्यालले भन्नुभयो |

नेपाल डे परेड बिभिन्न संघ संस्थाको पहलमा अमेरिकाको न्यु योर्कमा यहि मे २२ तारिख आईतबार हुदैछ | उक्त दिनमा देखाउनका लागि गरिएको अभ्यासको एक झलक प्रस्तुत गरिएको छ |