जापानमा कलाकारहरुले मच्चाए धुम: फुकुओका पछि साकुरा नाईट अब आगामी आईतबार मे ८ मा टोक्यो रोधि क्लबमा हुंदै



गोल्डेन विक अवसर पारेर र सुर्य कर्पोरेसनद्वारा आयोजित साकुरा नाईट कार्यक्रम फुकुओकामा सम्पन्न भएको छ । फुकुओका स्थीत च्युओ सिमिन सेन्टर हलमा भएको साकुरा नाईट कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । स्थानिए गायक माधव सिग्देलको लोक दोहारी गित प्रस्तुति सगै सरु भएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरु सदावाहार गायक रामकृष्ण ढकाल, गायक हिमाल सागर र गायिका मिलन अमात्यको गित संगीतमा कार्यक्रममा सहभागी दर्शकहरु झुमेका थिए । गायक हिमाल सागर र गायिका मिलन अमात्यको प्रस्तुतिमा गीत लाई दर्शक ले वान्स मोर भन्दै गित गाउन पुन अनुरोध गर्दा सांगितिक माहोल अन्त्य सम्मै निकै तातेको थियो ।            
                               
त्यस्तै कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारल जितु नेपाल “मुन्द्रे”ले नेपाल लगाएत जापानको पछील्लो गतिबिधिमा ब्यङ्ग्य गर्दै सहभागी दर्शकहरु लाई हसाँउनु हसाँएका थिए ।                                                              

 निकै चर्चामा रहेका संचारकर्मी नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालन भएको कार्यक्रममा गायक पुरुषोत्तम सिग्देलले सुरुवातमा उदघोषण गरेका थिए । कार्यक्रमको अन्तमा कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रतक्ष सहयोग गर्नुहुने सबैसबैमा आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थित दर्शकहरुलाई आयोजक तर्फबाट बाशुदेव लामिछानेले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।      

फुकुओका पश्चात टोक्योको रोधि कल्वमा हुने कार्यक्रम मे को ८ तारिक आइतबार दिनको ५ बजेबाट सुरू हुनेछ । टोक्योमा एक प्यय पदार्थ र खाजा सेट सहित ३,००० को टिकट दर तोकिएको छ ।

‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेसनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्ट संग मिलेर गरेको हो । नेपालमा यस अघि ईन्डियाका टप गाएक मिका सिंगको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । नेपालबाट साकुरा नाईटमा लागि ग्रीष्मा ईन्टरटेन्टमेन्टका डाईरेक्टर गृहेन्द्र घिमिरे र नेपालका पहिलो प्रोफेसनल डिजे राजु पनि जापान आउनुभएकोछ ।
तस्बिर सौजन्य: बासुदेव लामिछाने 












,