मिनिट्रक पल्टिँदा ४ जनाको मृत्यु

नवलपरासी, जेठ १२ – नवलपरासीमा मिनिट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् । बुधबार बिहान इट्टाभट्टाका १८ जना मजदुर लिएर सल्यानबाट काठमाडौंका लागि छुटेको बा २ क ११३७ नम्बरको मिनिट्रक नवलपरासीको गैडाकोट ११ हर्कपुरमा अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनामा परि चारै जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन । घाइतेको भरतपुरको चितवन मेडिकलमा उपचार भइरहेको छ । गाडी चालक फरार छन् ।