मुना मेमोरियल ट्रष्टले पाल्पामा बनायो सामुदायिक भवन


मुना मेमोरियल ट्रष्टको  आर्थिक सहयोगमा पाल्पाको रामपुर १५ हेक्लांगमा सामुदायिक भवन निर्माण भएको छ | स्थानीय सिर्जना आमा समुहका लागि उक्त भवन हस्तान्तरण गरिने छ |

निर्माण सम्पन्न उक्त भवनको हालै एक कार्यक्रमका बीच उदघाटन गरियो | रु ११,९८,००० (एघार लाख अन्ठान्नब्बे हजार) को लागतमा एक कार्यालय कक्ष र एक १०० जना भन्दा धेरै विच कार्यक्रम गर्न मिल्ने सभाहल रहेको मुना स्मृति सामुदायिक भवनको उद्घाटन गरिएको हो ।

पाल्पाको रामपुर १५ हेक्लांगमा जन्मेर कामको शिलशिलामा अष्ट्रेलियामा बसोबास गरेकी र क्यान्सर रोगका कारण निधन भएकी मुना पौड्यालको सम्झनामा उक्त भवन निर्माण गरिएको हो | स्वर्गीय मुनाको सम्झनामा उहाको परिवारले मुना मेमोरियल ट्रष्टको स्थापना गरेर सामाजिक काममा सहयोग गर्दै आएको छ र अझै गर्ने उद्देश्य रहेको ट्रष्टका संरक्षक डा. पंकज पौड्यालले बताउनु भयो |

डा.पौड्याल स्व. मुनाका श्रीमान हुनुहुन्छ र अष्ट्रेलियामा डाक्टर हुनुहुन्छ | मुना स्वयं अष्ट्रेलियामा लामो समयसम्म नर्स पेशामा कार्यरत हुनुहुन्थ्यो |

साथै मुना मेमोरियल ट्रष्टले रामपुर १५ को श्री जनकल्याण उच्च मा.वि.वाट हरेक वर्ष एस.एल.सि. परिक्षामा सर्वोत्तकृष्ट अंक ल्याउने एक जना छात्रालाई नगद पुरस्कार र सि.एम.ए पढ्ने एक जनालाई निशुल्क छात्रवृत्ति दिदै आएको र गत बर्ष छात्रवृत्ति पाएकी ममता खरालले आफुले पढेको पाल्पा टेक्निकल इन्स्टिच्युटमा प्रथम हुन सफल भएकोमा सोहि कार्यक्रममा सम्मान समेत गरिएको अमृत अधिकारीले जानकारी दिनुभएको छ |










,