चट्याङ लागेर ३ जना घाइते

बाजुरा वैशाख,  २२-बाजुराको जयबागेश्वरी–४ गाज्ररामा चट्याङ लागेर  तीन जना घाइते भएका छन् ।
मंगलबार राति परेको चट्याङ लागेर गाज्ररामका ५५ वर्षका सेते बुढा, ४५ वर्षका टेक बुढा र  १२ वर्षका सन्तोष बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए ।
तीनै जना स्थानीय जगत बहादुर बुढाको पसलमा बसेका बेला चट्याङ लागेर घाइते भएका हुन् । घाइते मध्ये सेते बुढाको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।