दृष्टिविहीन बालबालिकालाई पोसाक

नवलपरासी वैशाख,२० -नवलपरासीको आदर्श उच्च माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई आज विद्यालय पोसाक वितरण गरिएको छ । राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०१६ को अवसर पारी कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ, नवलपरासी शाखाले सो विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको हो । क्यानका केन्द्रीय सदस्य नवराज कुँवरले १० जना दृष्टिविहीन बालबालिकालाई विद्यालय पोसाक उपलब्ध गराउनुभएको हो । रासस