रिजवुड नेपाली समाजद्वारा सामुहिक ब्रतबन्धको कार्यक्रम सार्बजनिक



रिजवुड नेपाली समाज अमेरिकाले सामुहिक ब्रतबन्धको कार्यक्रम सार्बजनिक गरेको छ | यहि जुलाई महिनाको १४ तारिख का दिन उक्त कार्यक्रम राखिएको आयोजकले जनाएको छ | समाजद्वारा जारी सूचना यसप्रकार छ : सामुहिक ब्रतबन्ध गर्ने सम्बन्धि सूचना आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु सादर नमस्कार ! हिन्दु धार्मिक परम्परा अनुरुप छोरा मान्छेले आफ्नो सम्पूर्ण कर्मकाण्ड पूरा गर्नका लागि ब्रतबन्ध गर्नुपर्ने अनिवार्य नियम रहेको छ कुरा धर्म शास्त्रमा उल्लेख गरिएको पाइन्छ । बिदेशमा रहेर पनि यस्ता संस्कारहरु पूरा गर्नुपर्ने हुन्छ तर आवश्यक श्रोत र साधन जुटाएर बैदिक विधिद्वारा समापन गर्न गाह्रो पर्दछ । यी सबै कुराहरुलाई मध्यनजर गरेर रिजवुड नेपाली समाजले जुलाई महिनाको १४ तारिख तदनुसार असार महिनाको ३० गते सामुहिक ब्रतबन्धको आयोजना गर्ने भएको हुँदा समयमा नै नाम दर्ता गराउनु हुन जानकारी गराइन्छ । स्थानको बारेमा पछि जानकारी गराइनेछ । संख्याको आधारमा हलको ब्यवस्था गर्नुपर्ने भएकोले समयमा नै नाम दर्ता गराउनु हुन बिनम्र अनुरोध गर्दछौं । कनेक्टिकट, न्युजर्सी, बोस्टन, बाल्टिमोर, भर्जिनिया लगायत अन्य राज्यका इच्छुक ब्यक्तिहरु हुनुहुन्छ भने पनि सम्पर्क गर्न सक्नु हुनेछ । धन्यबाद आयोजक रिजवुड नेपाली समाज