चट्याङ लागेर एकको मृत्यु

सुनसरी, जेठ १९ – सुनसरीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मंगलबार बेलुका परेको     चट्याङ लागेर नरसिंह–७ का २७ वर्षका फटी मियाँको ज्यान गएको प्रहरीले जनाएको छ । मियाँको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । रासस