कालिकोटमा ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं वैशाख,  २२-कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ११ बजेर १७ मिनेटमा कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्पको गएको वर्षको गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पसँग सम्बन्ध नरहेको केन्द्रले जनाएको छ ।