पाडेँ र जिग्रीले हसाउनु हंसाए जापानमा



ह्याप्पी बन्धु "बिश्व"
मे २ जापान

जापानबाट औपचारिक सेवा सुरु गरेको सिद्धार्थ बैक तथा रेमिटको उदघाटन भव्य रुपमा गरिएको छ । सोही अवसरमा आयोजित नेपाली साँझ २०१६ कार्यक्रममा सहभागि दर्शकहरुले नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिमा भरपुर मनोरंजन लिएका छन ।

सिद्धार्थ रेमिटको औपचारिक सेवा सुरु अवसरमा आयोजित कार्यक्रममा चर्चित पप गायक निमा रुम्वा, हास्य कलाकार मनोज गजुरेल, हास्य कलाकारद्धय कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे बुढोका साथमा नायिका ऋचा शर्मा र चर्चित लोक गायिका काजल गुरुङले सहभागिहरुको मन जितेका थिए ।

जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा, सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सिद्धार्थ रेमिट जापानका संचालकत्रय बावुराम भण्डारी, मेघराज नेपाल, सुदन थापा, क्विनवी क्यापिटलका निर्देशक जापानिज नागरिक मारिको बाबा, क्विनवी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिन्वो हुवाङ लगायत नौ जनाले संयुक्त रुपमा रिवन काटेर उदघाटन गर्नुभयो ।

उदघाटन पश्चात भएको सांगीतिक कार्यक्रममा नेपाली हास्य विधाका हस्ति मनोज गजुरेलले मोदीको भेषमा नायिका ऋचा शर्माले पत्रकारको अभिनय गरि गरेको प्रश्नोत्तर कार्यक्रममा समसामयिक विषयमा व्यङग गरेका थिए । नेपाल नाकावन्दिका नाईके तथा धेरै जिव्रो भएका नेता भनि बोलाएपछि मनोज गजुरेल दर्शक माझबाट स्टेजसम्म पुग्दा दर्शक उत्साहीत भएका थिए।

राजनीतिक तथा समसामयिक विषयमा गरिएको व्यङगलाई दर्शकले रुचाएका थिए । यस्तै गजुरेलको समसामयिक व्यङग र विदेशीएका नेपालीलाई मातृभुमिमा लगानी र माया गर्न गरेको अनुरोध उत्कृष्ट रहेको थियो |

यस्तै हास्य व्यङग कार्यक्रम भद्रगोलका कलाकार जिग्री र पाँडेको प्रस्तुतिमा दर्शक पेटमिचिमिचि हासेका थिए । विदेश बनाउन अग्रसर नेपालीहरु अन्तिममा मात्र नेपाल बनाउने हुन की भन्ने विषयको प्रहसन दर्शकले अत्याधिक मन पराएका थिए ।

नायिकम ऋचा शर्मा र संचारकर्मी शिक्षा वाईवाको उत्कृष्ट उदघोषणमा संचालन भएको कार्यक्रममा लोक गायिका काजल गुरुङले बुझे मैलेनी, नाकमा झिल्के बुलाकी, ठिक छैन जमाना, फुलफुलेर पहेलै भयो लगायतका गीतसंग नाच्दाँ दर्शकले समेत नाचेर साथ दिएका थिए ।

यस्तै कार्यक्रमको आकर्षणका रुपमा रहेका चर्चित पप गायक निमा रुम्वाले साँझमा पनि, प्रेयसी ओ प्रेअसी, भनौकी म, आउआउ न, मिस क्याट वाक लगायतका चर्चित गीत पस्केर दर्शको मन जितेका थिए ।

दिव्या नेपालको रोमान्चक नृत्यबाट सुरु भएको कार्यक्रममा नायिका ऋचा शर्माले पनि म कालीकाली र पातलो कम्मर भाचन लगायतका चर्चित गीतमा रोमान्चक नृत्य पस्किएकी थिईन ।

जापानबाट नेपालको क वर्गको सिद्धार्थ बैक लिमिटेडको सिधै कारोवार गर्न सकिने तथा रेमिटयान्स सेवा सुरु भएको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा एनआरएनएका उपाध्यक्ष भवन भट्ट, कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी लगायतले व्यवसायीक कारोवार सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै सोही अवसरलाई सम्वोधन गर्दै सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जापानवासी नेपालीहरुमा नयाँ सेवा सुरु गरेको जानकारी दिनुभयो । यस्तै अर्का सहायक कार्यकारी अधिकृत सुन्दर कँडेलले जापानबाट अव सिधै नेपालको बैकमा रकम जम्मा गर्न, कारोवार गर्न, ऋण प्रवाह गर्न लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरि सिद्धार्थ बैकका संचालन सुदन थापा, बावुराम भण्डारी र मेघराज नेपालले जापानवासी नेपालीहरुलाई नयाँ सेवा सहज रुपम दिन तयार रहेको सो अवसरमा जानकारी दिनुभएको थियो । अन्य कम्पनीसंग प्रतिस्पर्धा गर्न नभई उत्कृष्ट सेवा दिन कम्पनी तयार रहेको दावी गर्नुभएको थियो । समारोहमा क्विवी क्यापिटलका तर्फबाट मारिको बाबा, सिन्वो हुवाङले जापानवासी नेपालीहरुमा उत्कृष्ट सेवा दिने जानकारी दिएका थिए ।

निशुल्क प्रवेश राखिएको कार्यक्रममा जापानवासी नेपालीहरुको खचाखच सहभागिता रहेको थियो ।