काभ्रेमा एक बालकको डुबेर मृत्यु

काभ्रे, जेठ १९ – पाँचखालमा एक बालकको डुबेर ज्यान गएको भएको छ । पाँचखाल नगरपालिका–६ को झिगु खोलामा पौडी खेल्न गएका ११ वर्षका आशिष काफ्लेको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । यसैबिच बनेपामा मंगलबार बेलुका परेको पानीका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । बनेपा–५ स्थित पानीको वहाव बढी भएका कारण केही घर समेत डुबानमा परेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो । रासस