नेजामा आचार्य अध्यक्ष र लुइँटेल उपाध्यक्ष


नेपाल अमेरिका पत्रकार संघ (नेजा)को लस् एन्जल्समा सम्पन्न अधिबेशनले भोला आचार्य अध्यक्ष र गुणराज लुइँटेल उपाध्यक्ष भएको नयाँ नेतृत्व चयन गरेको छ |

नयाँ समितिमा महासचिव तोया दाहाल, सचिव अग्नि चौलागाईं, कोषाध्यक्ष शैलेश पोखरेल, डी.सी.मेट्रो क्षेत्र संयोजक बिष्णु पौडेल 'शितल', न्युयोर्क क्षेत्र संयोजक विष्णुहरि घिमिरे, पश्चिम क्षेत्र संयोजक ध्रुव कुँवर, दक्षिणपुर्व क्षेत्रिय संयोजक किशन रेग्मी र कार्यकारी सदस्यमा सन्दिप कुमार चौधरी, बालकृष्ण जोशी र अनुज थापा रहनुभएको छ ।

साथै बैठकले अधिबेशन भब्यताका साथ सम्पन्न्न गर्न निवर्तमान अध्यक्ष गौतम दाहाल नेतृत्वको कार्य समिति, पाँचौ अधिबेशन तथा दशौ साधारण सभा मूल समारोह समितिका संयोजक तथा पुर्व सचिव सुदिप पन्त, व्यवस्थापक तथा बर्तमान कार्यसमितिका सचिव अग्नि चौलागाई, संस्थापक अध्यक्ष तथा सल्लाहाकार गिरिश पोखरेल, सल्लाहाकार तारा बराल, सल्लाहाकार आंगछिरिंग शेर्पा, पुर्व सल्लाहाकार योगेश उपाध्याय, निर्वाचन समितिका संयोजक तरुण पौडेल, निर्वाचन समिति सदस्यहरु क्रमश: संजय घिमिरे, नारायण सापकोटा, निमा पाख्रिन र केदार तिमल्सिना, नेपाली समुदायका बिभिन्न संघ संस्थाहरु, सहयोगीदाताहरु र अमेरिकी स्थानीय निकायका सरकारी प्रतिनिधिहरुले सहयोग गरेका थिए |

नेजाको अधिबेशन सम्पन्न गर्नकोलागि प्रमुख अतिथि नेपाल पत्रकार महासंघका सभापति महेन्द्र बिस्ट, सिटि अफ आर्टेसियाका मेयर भिक्टर मेन्लो, नेपाल सरकारको तर्फबाट अमेरिकाको लागि वाणिज्यदूत ऋषि ढकाल, नेपाली जनसम्पर्क समितिअमेरिकाका अध्यक्ष आनन्द बिस्ट, प्रवासी नेपालीमंचको उपाध्यक्ष यमुना भट्टराई, एएनएका बरिस्ठ उपाध्यक्ष डा. शम्भु ढुंगाना, नेपाली जनसम्पर्क समितिअमेरिका प्रेस सल्लाहाकार गोकुल ढकाल लगायतले बोल्नु भएको थियो |

अधिबेशनमा सहयोग गर्ने सबैलाई महासचिव तोया दाहालले एक प्रेस बिज्ञप्ति मार्फत धन्यवाद ब्यक्त गर्नु भएको छ |