पाल्पा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष भट्टराईको निधन

पाल्पा बैशाख,२७-पाल्पा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं समाजसेवी पशुपति भट्टराईको ७४ बर्षको उमेरमा आइतबार साँझ तानसेनस्थित मिसन अस्पतालमा निधन भएको छ । लामो समय पाल्पामा व्यवसाय एवं समाजसेवामा सक्रिय भट्टराई उच्च रक्तचापबाट पीडित ग्रसित थिए। काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार पछि स्वास्थ्यमा सुधार आएपछि पाल्पा फर्केका भट्टराईको स्वास्थयमा अचानक समस्या थपिएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको थियो। अस्पताल पुर्याएको केही क्षणमै निधन उनका आफन्त टंक भट्टराईले बताए। पाल्पा बाैघागुम्हा-३ छेर्लुङमा जन्मेका भट्टराई लामो समय तानसेनमा व्यापार, सामाजिक, धार्मिक संघसंस्थामा संलग्न रहेर समाजसेवामा समेत सक्रिय थिए। पाल्पा र गुल्मीको संगमस्थल रिडीस्थित कालिगणडकीमा सोमबार पार्थिब शरीरको दाहसंस्कार गरिएको छ।