जापानीलाई नेपाल भ्रमणको निम्तो दिईने



ह्याप्पी बन्धु "बिश्व"
जापान 

पोहोर साल नेपालमा गएको विनासकारी भूकम्पमा प्रभावित नेपालीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने जापानीहरुलाई धन्यवाद ज्ञापन गरिने कार्यक्रमको तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ सो कार्यक्रममा जापानका विभिन्न शहरका ५० स्थानबाट जापानीहरुलाई धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिईने भएको हो ।

जापान स्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ एनआरएनए जापान र नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा हुने कार्यक्रमको तयारी पुरा भएको हो । आगामी मे २९ आईतवार अपरान्ह ३ वजेदेखि ४ वजेसम्म जापानका नागरिक तथा जापान सरकारलाई विभिन्न क्षेत्रका ५० स्थानबाट एकैसाथ धन्यवाद ज्ञापन गरिने छ । सोही अवसरमा धन्यवाद सहित जापानीहरुलाई नेपाल भ्रमणको निम्तो कार्ड समेत दिईने जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले दिनुभयो ।

कार्यक्रमको तयारी वारे जानकारी दिन  दूतावास कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम समारोहमा जापानी नागरिक तथा सरकारले गरेको सहयोगको खुल्ला रुपमा धन्यवाद सहित नेपालको वर्तमान अवस्थाका वारेमा जानकारी दिईने छ । कार्यक्रमको विषयमा जापानी संचारमाध्यम तथा विभिन्न क्षेत्रका विशिष्ठ पदाधिकारीहरुलाई प्रचारप्रसारका लागि आग्रह गरिएको छ ।

कार्यक्रममा आरिगातो निहोन धन्यवाद जापान लेखिएको ५० वटा ठूला व्यानर प्रर्दशन सहित ३० हजार वढी नेपाल भ्रमणको निम्तो लेखिएको पोस्टकार्ड वितरण गरिने कार्यवाहक राजदूत राजभण्डारीले जानकारी दिनुभयो । पोस्टरमा नेपाल जापान सम्वन्धको ६० औ वर्ष अवसरको लोगो तथा जापानी आरोहीहरुले सफल आरोहण गरेको मनास्लु हिमालको फोटो सहित जापानी र अग्रेजी भाषामा लेखिएको प्ले कार्डहरु पनि प्रदर्शन गरिने जनाईएको छ |

जापानको राजधानी टोकियोको मुख्य शहर सिवुया, सिन्जुकु र ईकेवुकुरो सहित विभिन्न क्षेत्रमा ढाका टोपी र नेपाली मौलिक पहिचान झल्कने पहिरनमा सहभागि भएका नेपालीहरुले धन्यवाद सहित पोस्टकार्ड वितणर गर्ने तयारी पुरा भएको एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो । कार्यक्रम स्थलमा एकजनाले संयोजकको भूमिका निर्वाह गरि कार्यक्रमलाई मर्यादित र सभ्य रुपमा आयोजना गरिने जानकारी दिनुभयो गत अप्रिल २५ तारिकमा तय गरिएको कार्यक्रम जापानको कुमामोतोमा गएको शक्तिशाली भूकम्प पछि स्थगित गरि सगरमाथा दिवसको अवसर पारेर मे २९मा गर्न लागिएको कार्यवाहक राजदूत राजभण्डारीले जानकारी गराउनु भयो । पत्रकार सम्मेलन मार्फत कार्यवाहक राजदूत भण्डारीले नेपाली पोसाकमा अनिवार्य उपस्थित भई मर्यादित ढंगले जापानीहरुमा नेपालीहरुको पहिचान राम्रो बनाउन सक्रिय सहभागिताका लागि जापानवासी नेपालीहरुमा अपिल गर्नुभएको छ । यस्तै कार्यक्रम अवधीभर कुनैपनि आर्थिक भौतिक सामाग्रीको संकलन नगर्न नगराउन आग्रह गरिएको छ ।

धन्यवाद ज्ञापन कार्यक्रम जापानको ओसाका, फुकुओका, नागोया, निगाता, योकोहामा, सिजुओका, ओकिनावा, होक्काईदो, सेन्दाई, ईवाराकी, तोचिगी, निगाता लगायतका क्षेत्रमा उत्साहका साथ जापानीहरुमा धन्यवाद ज्ञापन गरिने एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो ।दूतावास मार्फत पाएको पोस्टकार्ड र पोस्टर विभिन्न क्षेत्रमा पठाईने बताउनु भयो ।

कार्यक्रममा दूतावासका टेकनारायण गिरी, रेवन्त केसी सहित एनआरएनए जापानका उपाध्यक्ष देविलाल भण्डारी, सचिव बुद्धि घिमिरे, सदस्य प्रहलाद महत, युथ कोअर्डिनेटर लेलिन भट्टचन, व्यवसायी लील गुरुङ लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण नेपालीहरुको तर्फबाट जापानवासी नेपालीहरुका सवै संघ सस्थाका प्रतिनिधिहरु सहित सर्वसाधारण सवैमा हार्दिक आग्रह गरिएको छ ।