मन सन्चो नभएपछि जगदीश समाल र गीता बिर्लाकोटीलाई के-के भयो भयो

 

रातमा निंद छैन दिनमा भोक छैन
मनसन्चो भएन तर क्यै रोग छैन
भनिदेऊ के भो मलाई

न्युयोर्कको ज्याक्सन हाइटमा रहेको ओम मेगा स्टुडियोमा यो गीत रेकर्ड भईरहदा बाताबरण अत्यन्तै रमाइलो थियो | मनमा सन्चो नभएपछि हराएको निद र भोक तिर्खा खोज्न  ब्यस्त थिए चर्चित आधुनिक गायक जगदीश समाल र गायिका गीता बिर्लाकोटी |

लोक तथा आधुनिक दुवै गीतमा राम्रो पकड भएका बिमल डाँगीको शब्द/संगीत रहेको यो गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् |

यो गीतलाई गायिका गीता बिर्लाकोटिको एकल एल्बममा समाबेश गरिने भएको छ | बिर्लाकोटी आफ्नो नयाँ एल्बमको तयारीमा रहेकी छिन |

बिगत लामो समयदेखि नेपाली संगीतमा सक्रिय रहेकी गायिका गीता बिर्लाकोटिको एकल एल्बममा यो गीतका अतिरिक्त अन्य गीतहरुको पनि रेकर्ड कार्य भैरहेको छ | अन्य गीतमा हरि लम्साल, रामेश्वर बुर्लाकोटी लगायतको पनि संगीत रहेको छ भने किरण कंडेल,हरि लम्साल आदिको संगीत संयोजन रहनेछ |

आधुनिक तथा शास्त्रीय गायनमा पोख्त गीता हाल न्युयोर्कको मलिंगो रेस्टुरेन्टमा संगीत कर्मलाई अगाडी बढाईरहेकी छिन | ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन सम्पन्न गरेकी गीता यो म्युजिक एल्बम छिट्टै ल्याउने तयारीका साथ् जुटेकी छिन |

बिर्लाकोटीले एल्बमको नाम भने सार्बजनिक गरेकी छैनन् |


,