सुमधुर लोक सांगीतिक साँझ मेरिल्याण्डमा सम्पन्न


नेपाली युवा समाज अमेरिकाले आयोजना गरेको सुमधुर लोक सांगीतिक साँझ आईतबार मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न भएको छ | उक्त कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको आयोजक संस्थाका एक सदस्य इन्दुराज रेग्मीले द नेपाल टुडेलाई जानकारी दिनु भयो | रेग्मीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मेरिल्याण्डबासी नेपालीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ |

कार्यक्रम आयोजना गरिएको क्षेत्रमा खानेपानीको समस्या आएको हुदा केहि प्राबिधिक कारणले कार्यक्रम संचालन हुन केहि ढिला भएको अर्का सदस्य रमेश सुबेदीले जनाकारी दिनु भयो | उहाँले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो |

कार्यक्रममा लोक तथा दोहोरी गायक गायिकाहरु कुलेंद्र विश्वकर्मा, संगीता थापा मगर, निशा सुनार, उदय भट्टराई, यत्ना कार्कीको प्रस्तुति रहेको थियो | कार्यक्रमका दर्शकहरुले भरपुर मनोरंजन लिदै झुमी झुमी नाचेका थिए |

"यो कार्यक्रम मेरिल्याण्डमा हालसम्म भएका कार्यक्रमहरु मध्येको एउटा उत्कृष्ट कार्यक्रम बन्न सफल भएको छ", ईन्दुराज रेग्मीले भन्नुभयो, "लोक सांगीतिक कार्यक्रमबाट दर्शकहरुलाई भरपुर मनोरंजन दिलाउने हाम्रो उद्देश्य सफल भएको छ |"

कार्यक्रममा शब्द संकलक नवराज पन्तले पनि लोक संगीतका बारेमा आफ्नो मन्तब्य राख्नु भएको थियो |

यो कार्यक्रमको आयोजना हिमाल महत, दिनेश आचार्य, ईन्दुराज रेग्मी र रमेश सुबेदीको संयुक्त पहलमा यो कार्यक्रम भएको थियो |  होलसेलर मेरिल्याण्डले कार्यक्रमको मुख्य प्रयोजन गरेको थियो | कार्यक्रमको मिडिया पार्टनर द नेपाल टुडे थियो | कार्यक्रमको संचालन सफल रेडियो कार्यक्रम प्रस्तोता सन्देशकुमार खड्काले गर्नु भएको थियो |