अमेरिकामा किराँती राईको उभौली साकेला




अमेरिकाको मेरिल्याण्डमा भुटनीज किराँती राईहरुको उभौली साकेला कार्यक्रम सम्पन्न भएको छ | मे महिनाको १४ तारिखमा सयौं मानिसहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो |

कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको आयोजकले जानकारी दिनुभएको छ | सो अवसरमा बिभिन्न स्टेटबाट आउनु भएका भुटनीज नेपाली दिदिबहिनि तथा दाजुभाईहरुले  साकेला भुमि पूजामा सहभागी हुनुभएको थियो |

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि तथा भुटनीज किरांत राइ अर्गनाइजेशन अफ अमेरिकाका अध्यक्ष प्रभाकर राईले एकताबद्ध रुपमा अगाडी बढ्न सकेमा सबैको भलो हुने बताउनु भएको थियो |

कार्यक्रममा कलाकारहरुले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए | बाताबरण सांगीतिक थियो भने खानपानको ब्यबस्था पनि थियो |

कार्यक्रमको संचालन होसन राई र पदमा दुमी राईले गर्नु भएको थियो | कार्यक्रमको सभापतित्व भुटनीज किरांत राइ अर्गनाइजेशन अफ अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष आश बहादुर रुपाबुंग दिलपाली राईले गर्नु भएको थियो |

कार्यक्रमको केहि अंश द नेपाल टुडे डटकमले प्रत्यक्ष प्रसारण गरेको थियो | उक्त अंश फेसबुकको thenepaltoday को पेजमा हेर्न सकिन्छ |

,