लमजुङमा बस दुर्घटना, ९ जनाको ज्यान गयो

लमजुङ, जेठ ६, तनहुँ सदरमुकाम दमाैलीबाट लमजुङतर्फ जाँदै गरेको यात्रुबहाक बस लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका-५ तामाखानी गाउँमा दुर्घटना हुँदा ९ जनाको निधन गएको छ। १२ जना घाइते छन्, ती मध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

लमजुङको जितातर्फ जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस सडकबाट करिव ४ सय मिटर तल खसेको हो।