विपाशाले विवाह गरिन्

काठमाडौं वैशाख, २० – बलिउड अभिनेत्री विपाशा बासुको विवाह भएको छ । उनले बलिउड अभिनेता करण सिंह गोभरसँग प्रेम विवाह गरेकी हुन् । उनले आफ्नो विवाहको फोटो इन्ट्राग्राममा पोस्ट गरेकी छन् । उनले आफ्नो विवाह बंगाली परम्पराअनुसार गरेकी छिन् जसमा पञ्जावी करण सिंह पनि बंगाली पहिरन धोतीमा विपाशासँग मण्डपमा सजिएका थिए । हिन्दी चलचित्र अलोनमा भेट भएका करण र विपाशाको लामो समयसम्मको प्रेम सम्बन्धपछि विवाह भएको हो । बासुको यो भन्दा पहिल हिन्दी अभिनेता डायनो मोरिया, जोन अब्राहिम, हर्मन बवेजासँग पनि प्रेम सम्बन्ध थियो ।