पहिले ऋण लिएका भूकम्पपीडितले फेरि ऋण नपाउने

काठमाडौं वैशाख, २९ – भूकम्पअगावै आफ्नो घर–जग्गा धितो राखेर ऋण लिनुभएको छ ? लिनुभएको छ भने त्यस्तो भूकम्पपीडितहरुले सरकारले दिने सहुलियत ऋण प्राप्त गर्ने छैनन् । किनकी पहिले नै ऋण लिएर घर जग्गा धरौटी राखेकाहरुलाई फेरि ऋण लिन अयोग्य हुन्छन् ।उनीहरुले सरकारले ग्रामीण इलाकामा दिने भनिएको १५ लाख रुपैयाँ र उपत्यकामा दिने भनेको २५ लाख रुपैयाँ सहुलियत ऋण पाउने छैनन् । पुनर्निर्माण प्राधिकरणका अनुसार पहिले नै ऋण लिएकाले फेरि सहुलियत ऋण पाउने छैनन् । यसले गर्दा गाउँमा रहेका गरिब जनतालाई थप मार पर्ने सरकारी अधिकारी बताउँछन् ।