२२ बर्षे युवतीले आफ्नै शरीरमा आगो लगाएपछि...

रुपन्देही, जेठ ८, आफ्नै शरीरमा आगो लगाएकी एक युवतीको मृत्यु भएको छ। शरीरमा आगो लगाई जलेर गम्भीर घाइते भएकी रूपन्देही कम्हरिया–७ बस्ने २२ बर्षीया गिता लोधको शुक्रबार मृत्यु भएको छ ।

आफै सुत्ने कोठामा शरिरमा आगो लगाई जली घाइते भएकी उनलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।