विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

काठमाडौं, वैशाख २१ – विश्व प्रेस स्वतन्त्रता दिवस मंगलबार सूचनामा नागरिकको पहुँच मौलिक हकको प्रत्याभूति भन्ने नाराकासाथ मनाईंदै छ ।
विश्वका एक सय भन्दा धेरै राष्ट्रले हरेक वर्षको मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरेका छन् । नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा नै सुनिश्चित गरिएको छ । तर संवैधानिक रुपमा प्रत्याभूत गरे पनि पूर्ण रुपमा अनुभूति हुन नसकेको गुनासो छ ।
यसैबिच नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा हुँदैछ । चितवनमा हुने साधारणसभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभामा १६ सय ५१ प्रतिनिधि सहभागी हुनेछन् । साधारणसभामा महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको  आर्थिक प्रविदेन प्रस्तुत हने छ ।
साधारणसभाले नयाँ संविधानमा व्यवस्था भए अनुसार संघीय संरचनासहितको महासंघको विधान मस्यौदा प्रस्तुत गर्नेछ । मस्यौतामाथि मंगलबार नै छलफल हुने कार्यतालिका छ ।