फुटेका माओबादी जुटे, बैद्य र विप्लब छुटे : छुटेकाहरुले भने "यो अवसरवादीहरुको झुण्ड हो"



काठमाडौं । पाचथरि कम्युनिष्ट पार्टीहरु मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र’ घोषणा भएको दिन उक्त केन्द्रमा नगएका अन्य कम्युनिष्ट पार्टीहरुले यो एकतालाई दक्षिणपन्थी अवसरवादीहरुको हावा हुरी भनेका छन् |

वैचारिक रुपमा भिन्न रहेका तीन माओवादीले यसलाई कथित एकता पनि भनेका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको विद्रोही क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको नेकपमा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादीका विद्रोही समूहले एकता गरेर नयाँ पार्टी घोषणा गरेका थिए |

तर, हेमन्तप्रकाश ओली संयोजक रहेको कम्युनिष्ट न्यूक्लिअस नेपाल, नेत्रविक्रम चन्द महासचिव रहेको नेकमा माओवादी  र मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त वक्तव्य जारी गर्दै अन्य माओवादीहरुको एकतालाई कथित भनेका हुन् ।

उनीहरुले कडा शब्दमा एमाओवादीको नेतृत्वमा कतिपय अवसरवादी घटकहरुका बीचमा पार्टी एकताको ठूलो होहल्ला र दक्षिणपन्थी अवसरवादीहरुको हावा हुरी चलेको उल्लेख गरेको छ । यद्यपि, त्यसअघि क्रान्तिकारी महासचिव रहेका रामबहादुर थापाले बबरमहलमा नयाँ पार्टीको घोषणा गर्दै बैद्य, चन्द र ओलीलाई समेत एक ध्रुबमा आउन आग्रह गरेका थिए ।

मोहन बैद्य हिजो जनविद्रोहको कार्यदिशा पारित गरेर पनि पुष्पकमलले आफुहरुलाई धोका दिएर संसदवादी कार्यदिशामा गई पार्टी बिगारी सकेकाले आफुहरु आउनुको अर्थ नरहेको तर्क गरेका छन् । यस्तै, एकिकृत जनवादी क्रान्तिको लयमा चन्दले समेत कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारलाई सघाउन भन्दै अहिलको आवश्यकताको औचित्य खोजिरहेका छन् ।

ता, एमाओवादीसंग एकता भएसंगै पार्टीको नाम परिवर्तन भएको छ । पार्टीको नाम अब ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र’ भएको छ । लामो समयदेखि एकिकरण प्रयास थालेका पाँच माओवादी घटकले गत साता १३ बुँदे साझा सम्झौता बनाई एकढिक्का हुने सहमति गरेका थिए।