बाल्टिमोरको नेपाली समुदाय र बानासंगको अपेक्षा -महेश भट्टराई



मैले बुझेको बाना !  
         
बाना औपचारिक रुपमा दर्ता भएको पनि १२ -१५ बर्ष पुरा भैसक्यो । स्थापना गर्ने सोच, जागर र्  संस्था दर्ता गर्ने सबै  आदरणीय हातहरुलाई हृदयदेखि नै मेरो र सम्पुर्ण बाल्टिमोरबासीको तर्फबाट सलाम ! सस्था स्थापनाको स्थापना राम्रो कामका लागि हुन्छ, संस्था आफैमा खराव कहिले हुदैन। त्यो पनि सामाजिक सस्था 501C  जसको उद्देश्य प्रस्ट लेखिएको हुन्छ । खराव वा दोषी हुन्छौं त हामी जस्ले संस्था चलाउछौ।

बिगत
स्थापना भएको बर्षदेखि सर्सर्त्ती हेर्दा भाषा कक्षा, भुकम्प सहयोग, स्ट्रीट फेस्टिवल लगायतका राम्रा कार्यक्रम बानाले गरेको छ तर यति लामो ईतिहास भएको संस्थाको खासै चर्चामा सुनिदैन । बाना नेपाली कलाकारहरूको रंगशाला, बैठक, गोष्ठी, खादा ओढाउन र पिकनिकमा नै समय विताएको देखिन्छ । बाल्टिमोरबासीभन्दा नेपालबाट आउने पार्टी नेता र मन्त्रिको स्वागतमा र चाकडीमा धेरै समय बिताएको सुनिन्छ, देखिन्छ र मैले पनि त्यही पाएको छु।

  मानवीय स्वाभाबले हामी आफूलाई  ठुलो ठान्नु पर्ने, मान्नु पर्ने वा मानी दिनुपर्ने ! बानाको प्रमुख विवाद संस्थापक सदस्यहरु भित्र नै रहेको छ । टाउन हल मिटिंगपछी टुंगो लगाउने छलफल भए पनि कुरा बाझो नै रह्यो । भित्र पर्नु भएको साथीहरूले छलफल गरेर छिटोछरितो मिलाउनु पर्ने  ! खै किन होला पेनडिंग राखेको ? म र मेरोबाट हामी र हाम्रो भावना जगाउन पर्ने ! यसैमा हामी सबैको कल्याण हुने थियो, होइन र ? संस्थालाई कसैको पेवा गराउनु भएन त ? कोहि साथीहरू सक्रिय भएर लाग्नु भयो होला कोहि बाहिर बसेर पनि सधै सघाउनु भयो होला ! कसैले पद पाउनु भयो होला | कसैले पाउनु भएन होला। हाम्रो लागि सबै नै उतिकै आदरणीय हुनुहुन्छ, सम्मानयोग्य हुनुहुन्छ। समस्या हो मनको पर्खाल भत्काउने र मन ठुलो पार्ने हो । पुरानो घाउ बल्झाइ राख्नु राम्रो पटक्कै होइन होला ।

जहाँसम्म भाषा कक्षा किन निरन्तर भएन भन्ने विषय छ | हेन्ड ओभर लिने कमिटिको दोष निश्चित रूपमा छ ! तथापि यति पबित्र कामको थालनी गरिसकेपछी श्रीमती पोइला गइ भनेर २ बर्षको बच्चालाई मार्दा पनि टुलुटुलु हेर्नु कति उपयुक्त होला ? पद बिना पनि राम्रो कामहरु  निरन्तर गरेको भए पक्कै बाल्टिमोरबासिले सहयोग गर्ने थिए होला |

 सामुदायिक भवन र महायज्ञ 

कति महान कार्यको थालनी, बाल्टिमोरबासी खुशीले गदगद थिए । साच्चिकै सबैले सोचेको  साझा  सपना पुरा हुने भएकोमा सबै  मख्ख । दानी मन र धन हुनेहरु खुलेर बोले , नहुनेले पनि  दिल खोले, बोले । अब पक्का भवन भन्ने भयो भनि बजारभरी हल्ला फैलियो । समिति गठन भयो । थालेको काम पुरा गर्ने प्रतिबद्धता का साथमा २ बर्ष कार्यकाल  थपियो ।

तर के भयो त् ? भित्र खिचडी पाक्यो । पदलोलुपता, अहंकार ,प्रतिस्था, खुट्टा तान्ने, धमिलो पानीमा माछा मार्ने सबै जागे । बाना पबित्र सस्था माथी बाल्टिमोरबासिले प्रश्न उठाय ! शंकाको  दृस्ठिले हेरे, बानाभित्र राजनिती पस्यो । सस्थामाथी दाग लाग्यो । सबैको आस्था बिश्वास भरोसा साझा सपनाहरू चकनाचुर भयो । दोषलाइ फुटबल बनाएर समाजमा थचारियो, पछाडियो, हानाहान गरियो । गोल गर्ने कोहि भएन । हाती आयो, हाती आयो फुस्सा, बोलेको, भनेको, उठेको, उठाउनुपर्ने सबै रकम ठूस्स । बाल्टिमोरवासिले साथ दिए तर  सपनाहरू तुहियो । बाल्टिमोरबासी  निरास भए। पद लोलुपता, अहंकार, स्वार्थले जरा गाड्यो ।

चुरो कुरो !

कति जना बाल्टिमोरबासीले बानाको बिधान राम्रोसँग पढ्नु भएको छ ? हामी सबैले पढ्नु पर्ने र बुझ्नु पर्ने कुरा यही हो जस्तो लाग्छ मलाई। छातीमा हात राखेर सस्थापक,  हालसम्मका बाना पदाधिकारीहरू , समाजसेबिहरू, सल्लाहकारहरू सबैले प्रस्थापनाको पहिलो ३ बुदा भन्न सक्नुहुन्छ ? हामी लाइ एक बनाउने कडी यही हो जस्तो लाग्छ मलाई ।  एउटा सोच, विचार र घेराभित्र लिएर  आउने भनेको वानाको बिधान नै हो ।
                   
                   
भयो के ?    

हामीले आफ्नो इच्छा अनुसार बाना चलायौ नकि बिधान अनुसार ! वानाको उदेश्य पढ्दै नपढी वा पढेर बुझ पचाएर गलत बाटोमा धकेल्यै वा धकेल्ने  कोशिश गर्यौं  । बाना  चुनावदेखि नेपाली राजनिती गर्ने बानी, च्याउ उम्रे सस्थाको मंचमा गै भाषण गर्ने बानी, खाता ओढ्नु पर्ने बानी, आफ्नो पद र प्रतिस्ठालाई  प्रमुख उदेश्य बनाउने पर्ने बानी !  पद  पाए हिरो नत्र जिरो, यदि मेरो र बाल्टिमोरबासीको बुझाइ गलत भए स्थापना कालदेखि हालसम्म बानाको मुख्य उदेश्यमा भएको उपलब्धि र सहभागिता र परिणाम खै, भनिदिनु पर्यो ?
 
 
1. promote the welfare of Nepalese living around Baltimore
2. promote education, culture and sports
3. promote health care

माथि उल्लेखित क्षेत्रमा के कस्ता  कार्यक्रम भए, गरे र कति  लाभान्वित भए जानकारी गराउनु भएमा कृतज्ञ हुने  थियौ ।


पछाडी नफर्कौं   

हाम्रो समाज (USA)मा आजसम्म पनि हजूरवाको पालामा जस्तै चौपारीमा मुखियाले गरेको कार्यक्रम भन्दा फरक तरिकाले  कार्यक्रम नगर्नु, सास्कृतिक कार्यक्रममा समेत अरुको ख्याल नै नगरी घन्टौं भाषण गर्नु, कार्यक्रम तोकिएको समयभन्दा सधै २-३ घन्टा ढिलो  सुरु  गर्नु, दर्शकभन्दा मंचमा बढी पंन्च भलादमी राख्नु, उहीँ श्रीमान.. वाट भाषण सुरु गर्नु, सत्य तथ्य पोइन्टमा भन्दा, पोलिसे भाषण गर्नु, पद समाउनु तर उत्तरदायि बिल्कुलै नहुनू, हाम्रो बर्तमान समस्या वा उद्देश्यको कुरा भन्दा नेपाल कै कुरा गर्नु, नेपालबाट नेता, मन्त्री आए काम छाडेर भए पनि चाकडी गर्न पुग्नु , म नै सर्वोपरी हूँ र म बिना संस्था चल्न सक्दैन भन्ने अहंम हुनु, पद पाए ठिक नत्र वेठिक भन्ने घमन्ड राख्नु नै सबै कार्यक्रमहरूमा बाल्टिमोरबासीहरू सहभागी  नहुने पर्मुख कारण हुन सक्छ , मेरो बुझाइमा !

गरयौ के ?

बाल्टिमोरबासीको welfare and Happiness भन्दा नेपाल कै बारेमा धेरै चिन्ता, चियो चर्चा, प्रशंसा, गोष्ठी , सेमिनारमा  बितायौ। आफ्नो छोराछोरीको सपना र भविष्य भन्दा पनि म, मेरो पद, मेरो प्रतिस्ठा बाट माथी उठ्न सकेनै !  हामी , हाम्रो समाज , हाम्रो सन्तति बारे सोचाइ कहिल्यै गएन । Land of opportunity को देशमा बसेर पनि नेपाल कै hangover political गफ चुटेर बस्यौं !  कति प्रतिशत नेपालीले Business, state, Government, studies/research, official Job, politics को अवसर लियै ।  हामी जे गर्दै छौं, के हाम्रो बालबालिका र भाबी सन्ततिको हितमा छ ? के तपाई ले गरेको राजनीति गफ ५ मिनेट तपाईंको छोराछोरीले सुन्न सक्छन् ? तपाईंले गर्ने जातपात, धर्म, दल, समुहको राजनीति उनीहरूलाई मन पर्छ ? यदि  पर्दैन  भने तपाईंले आजैबाट नेपाली बकम्फुसे राजनीति छाडिदिनुस । सक्नु हुन्छ भने  तपाईंको घरबाट शुरू गर्नुस नत्र  यदि तपाईंको घरमा राजनीति गर्न सक्नु हुदैन भने कम्तीमा बिदेशमा आएर आर्कोको छोराछोरी लाई  बिगार्ने र फसाउने काम  त नगर्नुस् !


पार्टी, गुट, उपगुट, ब्यक्ती कसको पछाडी लाग्ने , हामिलाइ टुक्रा टुक्रा टुक्रा अनि टुक्रा कति टुक्रा पार्ने    Please ! “Live us along and united”. यदि तपाईंलाई राजनिती गर्ने नै मन छ भने USA को politics गर्नुस । तपाईंको योग्यता र छमताले भ्याउदैन भने नेपाल जानुस् राजनिती गर्नुस्  वा आफ्नो छोराछोरीलाइ USA को राजनीति सिकाउनुस ! के थाहा भविष्यमा USA को  मन्त्री बने भने ? रगत तपाईंको नै हो, होइन र ?

सारांशमा
भाषणमा अमेरिकाको  को सबै भन्दा पुरानो सस्था पहिलो सस्था भन्ने , काम केहि नगर्ने ! बाना एउटा Maryland  State बासीहरु को सस्था भएर पनि  एउटा समाज वा  समूह  भन्दा कम्जोर हुनुमा  जिम्मेवार को ? कसैले त लिनु पर्छ ? कसले लिने ?

बानाका सस्थापक हरुले ? हाल सम्मको पदाधिकारीहरुले ? आफ्नो समाज वा समूह  लाइ मात्र महत्त्व दिने नेतृत्व हरुले ? सधै मंचमा बस्ने  समाजसेवीहरुले ? वा जहाँ पनि राजनीति मिसाएर समाज लाइ टुक्राटुक्रा पार्ने राजनीतिक भात्री संघसंगठनहरुले ?  वा बाल्टिमोरवासीहरुले ? आज १५ -२०  बर्षको छोरा भएको  भए कलेज जान्थ्यो ! जिम्मेवारि कसले लेने  ?

आज हामी  मातृभूमि, मातापिता, घर परिवार  सबै छाडेर आएका छौं ! आफ्नो परिवेशमा कहाँ आएर परिचय हुने, संगै बस्ने  सौभाग्य पाएका छौ । आफ्नो लाई छाडेर  आर्को लाइ  आफ्नो  बनाउदैछौ । जीवन छोटो र अमुल्य छ । मिलेर बसौं, बाडिचुडि खाउ । मर्नु छ भोलि, संगै लाने केहि होइन । America हो २२-२५ पछी छोराछोरी एकातिर, आफू अर्कोतिर । फेरि के को लागि यो राजनिती, पद, लोभ , तछाद- मछाद । आऊ आजै हाम्रो घमण्ड, अहंकार , स्वार्थ छाडि सबै  मिलेर बसौं ! बानालाई राम्रो र हाम्रो  बनाउ ! अनि happy happy भएर संगै बाचौ, संगै नाचौ, संगै रमाऊ !!!

एकापसमा हिलो छ्यापाछ्याप् गर्नुभन्दा हिलो पुछ्न शुरुवात म बाटै गर्नु पर्छ | सुरुआत तपाई र हामीहरुबाट होइन म र म भित्रबाट बाटै हुनु पर्छ ।

 कोलम्बिया, मेरिल्याण्ड

,