लिसेस्टरका खेलाडीलाई १५ करोडको कार

एजेन्सी वैशाख, २३ – इंग्लिस प्रिमियर लिगको उपाधि जित्न सफल लिसेस्टर सिटीका प्रत्येक खेलाडीले मर्सिडिज कार उपहार पाउने भएका छन् । थाइल्याण्डका उदार व्यवसायी भिचाइ श्रीबद्धनाप्रभावले लिसेस्टरका ३० खेलाडीलाई मर्सिडिज बि–क्लास इलेक्ट्रिक ड्राइभ कार उपहार दिने भएका हुन् । यो कारको मूल्य ३२ हजार ६ सय ७० पाउण्ड स्टर्लिङ (झण्डै ५० लाख नेपाली रुपैयाँ) पर्छ । यस हिसाबले व्यवसायी  भिचाइले लिसेस्टरका ३० खेलाडीलाई कार दिनका लागि झण्डै १० लाख पाउण्ड स्टर्लिङ (झण्डै १५ करोड नेपाली रुपैयाँ) खर्च गर्ने छन् । गएको सिजन मुश्किलले रेलिगेशनबाट जोगिएको लिसेस्टरले यो सिजन ठूला क्लबलाई पछि पारेर प्रिमियर लिगको उपाधि पक्का गरेको हो ।