पहिलोपल्ट ट्रेड युनियनको चुनाव, ५५ हजार कर्मचारी सहभागी हुँदै

काठमाडौं जेठ. १९

मुलुकमा पहिलो पटक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको बुधबार निर्वाचन हुँदैछ।

दलपिच्छेका ट्रेड युनियन र तिनले निम्त्याउने विसंगति नियन्त्रण गर्न सरकारले ट्रेड युनियनको निर्वाचन गर्न लागेको हो । समानुपातिक पद्धतिका आधारमा हुने निर्वाचनमा अधिकृत र त्यो भन्दा तल्लो तहका करिव ५५ हजार कर्मचारीले मतदान गर्दैछन् ।

तर कार्यालय प्रमुख भएका अधिकृतले पनि भाग लिन पाउने छैनन् । निर्वाचनका लागि ७ वटा कर्मचारी संगठनले उमेद्वारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले बताए ।