नासोको नयाँ बर्ष कार्यक्रम भव्यताका साथ सम्पन्न




अमेरिकामा सक्रिय संस्था नासोले मेरिल्याण्डको बाल्टिमोरमा नयाँ बर्ष २०७३को अवसरमा बिशेष कार्यक्रम सम्पन्न गरेको छ | हालै सम्पन्न उक्त कार्यक्रमको उद्घाटन ब्यबस्थापिका संसदकी सांसद कल्पना चापागाईंले गर्नु भएको थियो |

उक्त कार्यक्रममा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, संगीता थापा, आधुनिक गायक प्रकाश श्रेष्ठ, दिनेश भण्डारी, गायिका पविता परियार लगायतका कलाकारहरुले गीत प्रस्तुत गर्नु भएको थियो |

नासोका अध्यक्ष गोपाल विश्वकर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो |