रामेछापको ओख्रेनीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

रामेछाप, जेठ १३ – रामेछापको ओख्रेनी-१ मा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

रामेछाप नगरपालिकाबाट हिमगंगाका लागि छुटेको ना १ ज ४१६१ नम्बरको विपी यातायातको जिप दुर्घटना भएको हो ।

अहिले उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ ।

 रामेछाप बजारमा बिहीबार हाट बजार लाग्ने भएकाले उनीहरु जिप रिजर्भ गरेर गएका थिए ।

घटनाको थप विवरण आउन बाँकी छ ।