"प्रथम नेपाली अमेरिकन सम्मेलन (NAC ) लस एञ्जलस" को बारेमा टेक्सासमा बहस


ओमकार क्षेत्री / टेक्सास

आगामी जुलाई प्रथम साता हुनगैरहेको प्रथम नेपाली अमेरिकन सम्मेलनको बारेमा जानकारी तथा यस सम्मेलनको उदेस्यको  बारेमा सर्वसाधारण जनतालाई अवगत गराउने हिसाबले आज मे ३० तारिकका दिन टेक्सासको डालास सहरमा एक कार्यक्रमको आयोजना गरियो | बिशेषगरि पत्रकार, खेलकुदप्रेमी विभिन्न खेलका खेलाडीहरु तथा नेपाली समाज टेक्सासका अधिकाम्स पदाधिकारीहरु उपस्थित कार्यक्रममा आयोजकको तर्फबाट सस्थाका सस्थापक मध्येका गौरीराज जोशी तथा पासांग लामाले (NAC ) स्थापना गर्नुको उद्देश्य, कारण र भाबि योजना र तर्जुमाको बारेमा विभिन्न बिचारहरु प्रस्तुत गर्नुका साथै कार्यक्रममा सहभागी सबैका प्रश्नहरुको जवाफ दिएका छन् |

यसैक्रममा  यु एस खबरले गरेको संक्षिप्त कुराकानीमा ( NAC )को बारेमा प्रकास पार्दै पासांग लामाले ; यो सम्मेलन पुरातन सोचविचार भन्दा फरक खालको हुनेछ, किनकि यो कार्यक्रममा विशेषगरी केटाकेटी तथा युवा-युवतीहरुलाई लक्षित गरि तयार पारिनेछ | नेपाली समाजलाई अमेरिकी समाजमा रुपान्तरित नगरी हाम्रा बालबालिकाको अमेरिकामा उज्ज्वल भबिष्य नहुने र अमेरिकन समाजबाट प्रगतिसिल बिषयबस्तु हामीले नअंगाली नहुने भएको पनि बताए |

यसै सम्मेलन मार्फत नेपाली कला र सस्कृतिलाई अमेरिकी समाजमा प्रचार र सुरक्षित आरक्षण पनि संगसंगै नगरिनहुने हुनाले बृहद सास्कृतिक कार्यक्रम पनि हुने कुरा अवगत गरियो  भने खेलकुद पनि मुख्य आकर्षण रहने उल्ल्लेख गर्दै नेपाली खेलहरु सक्कर (फुटबल ), भलिबल , बास्केटबल , टेनिस , क्रिकेट , ब्याट्मिण्टन लगाएत खेलहरु खेलाई हाम्रा खेलाडीहरुलाई र हाम्रो टिमहरुलाई अमेरिकन समाजलाई अवलोकन गर्नलगाइ अमेरिकी खेलकुद क्षेत्रले पनि मिहिनेती र गुणस्तरिय हाम्रा खेलाडीलाइ अमेरिकी मूल प्रवाहमा समाहित गरोस भन्ने उदेश्य रहेको जानकारी दिईएको थियो |

भाइबहिनीहरुको व्यक्तित्व बिकास गराउने उदेश्यले स्पेल्लिंग (B) च्याम्प, बालबालिका फोरम ,  हाजिरी जवाफ आदि आदि कार्यक्रम पनि रहने कुराको जानकारी दिईएको थियो / सम्मेलनमा बक्तित्वकला, फेसन सो, डि जे  नाइट्सका साथै अमेरिकी समाजको मूल राजनीतिक, आर्थिक क्षेत्रमा  के कसरी समावेस हुने र यहाका पोलिटिकल पार्टीमा के कसरि आफ्नो प्रवेस हुने भन्ने किसिमका बैचारिक गोष्ठीहरुपनि संचालन हुनेकुरा पासांग लामाले प्रश्ट्याएका हुन् |

कार्यक्रममा आयोजक मध्येका गौरी राज जोशीले अगाडी प्रश्ट्याउदै (NAC )को सम्मेलन युवापिढिको हुनेछ, हामीहरु सपोर्टर स्पोन्सर र हौसला दिने एक अभिभावक सरह हुनेछौ / अहिले सम्म बिधान समेत नबनेको तर यसको लक्ष भने लामोरहेको बताए |  यो सस्थामा  पनि अन्य सस्था सरहको एक कार्यसमिति रहने, साधारण सदस्य , आजीवन सदस्य रहने, प्याट्रोन र ग्रान्ड प्याट्रोन सदस्यगरु रहने तथा सस्था संचालन गर्न एक ट्रष्टी समेत रहने त्यहि ट्रष्टी मार्फत सबैकुरा गरिने कुरा उल्लेख गरे |

कार्यक्रममा उपस्थित हुनको लागि निश्चित रजिष्ट्रेसन शुल्क राखिनेछ, सबै खेलमा पनि रजिष्ट्रेसन सुल्क राखिनेछ, सम्पुर्ण प्रतियोगितामा बिजयीलाइ पुरस्कार को समेत ब्यबस्था गरिएको छ तर के कति शुल्क तोकिएको छ भन्ने चाही खुलाइएन जवाफ दिदै  जोशीले भने "यो अहिले तय भैनसकेको कुरा अवगत गरे | सम्मेलनको खर्च लगभग एक लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ र सम्मेलन गर्दा लाग्ने  सबै खर्च कटाएर बाकि रहेको सम्पुर्ण मुनाफा नेपालमा कुनै च्यारिटि मार्फत बिशेष ठाउमा सहयोग मार्फत खर्च गरिने कुराको समेत जानकारी दिईएको थियो |

आजको कार्यक्रममा विभिन्न उपस्थित जनसमुदायको प्रश्नको जवाफ दिनेक्रममा यो (NAC ) को नेतृत्व युवापिडिको हातमा रहने र भएसम्म ३०(तिस) बर्षमुनिका युवायुवती लाइ लिडरसिप गर्न प्रेरित गरिने, यो सम्मेलन मा सफल व्यक्तित्वहरुलाई बोलाइ उनिहरुसंग प्रत्यक्ष अन्तरक्रिया गराई नेपाली अमेरिकन बालबालिका तथा युवायुवतीहरुलाई सफल नेतृत्व लिनसक्ने गर्नसक्ने क्षमता वृद्धि गराइने लक्ष राखिएकोकुरा आयोजक द्वयले भनेकाछन् |

अमेरिकाकै ठुलो राज्य टेक्सास जहाबाट निर्विवादरुपमा सम्पूर्ण नेपाली समाज टेक्सासको सहभागितामा विभिन्न ८ (आठ ) खेलकुदका टिमहरु (NAC )  सम्मेलनमा सहभागीहुनेकुरा आजको कार्यक्रममा जानकारी पाइएको छ / जसमा डालास गोर्खाज (एफ सी), एभरेस्ट सक्कर टिम (एफ सी), हिमालयन हब्स बास्केटबल टिम, ओर्ल्ड स्कुल बास्केटबल टिम, युनाइटेद भलिबल टिम, वोर्ल्ड स्कुल क्रिकेट टिम, एन एस टि टेबुल टेनिस टिम, एन एस टि ब्याडमिन्टन टिम, लगाएत सहभागी रहने छन् |

आगामी जुन ४ तारिक सनिवार बेलुकी ५ बजे अझै बृहद जानकारीमुलक बिशेष कार्यक्रमको आयोजना गरि बाकि अन्य कुराहरुको जानकारी दिइने कुरा आयोजकका तर्फबाट गौरी राज जोशी र पासांग लामाले आजको कार्यक्रमको समापन गरेका थिए |

,