अमेरिकाको बाल्टिमोरमा सभासद र गायक सम्मानित


बाल्टिमोर, अमेरिका /

अमेरिका भ्रमणमा रहेकी सांसद तथा रेडियो दिदिबहिनीकी अध्यक्ष कल्पना चापागाई र लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई अमेरिकाको बाल्टिमोरमा स्वागत तथा सम्मान गरिएको छ |

पर्बत मोदिकाली समाजको आयोजनामा उहाँहरुलाई स्वागत गरिएको हो | सांसद चापागाईं गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट समानुपातिक सभासद हुन् भने गायक विश्वकर्मा पर्बत घर भएर राष्ट्रिय स्तरमा चर्चित लोक तथा दोहोरी गायक हुन् | दुवै जना पर्बत जिल्लाका भएकोले सम्मानको कार्यक्रम गरिएको बाल्टिमोरका युवा समाजसेवी ईन्दुराज रेग्मीले बताउनु भयो |

कार्यक्रममा बोल्दै सांसद चापागाईंले वर्तमान संबिधानको कार्यान्वयन गर्न सकेमा बिदेशिएको युवा जनशक्ति देश मै रहने बाताबरण बन्नेमा आफु ढुक्क रहेको बताउनु भयो | अमेरिकामा रहेका नेपालीले गरेका प्रगतिले खुशी बनाएको भन्दै सांसद चापागाईंले अवसर नपाएका र अलमलमा परेका नेपालीलाई यस्तै सामाजिक संस्थाहरुले सहयोग गर्नु पर्ने विचार ब्यक्त गर्नुभयो |

सोहि कार्यक्रममा बोल्दै कलाकार कुलेन्द्र विश्वकर्माले बाल्टिमोरबाट प्राप्त माया, सद्भाव र आतिथ्यलाई कहिल्ल्यै नबिर्सने बताउनु भयो |

कार्यक्रममा बोल्दै राप्रपा नेपालका केन्द्रिय सदस्य तथा विदेश बिभाग प्रमुख प्रेमकुमार श्रेष्ठले विचारमा बिबिधता भएपनि बिदेशमा सबै नेपाली एकताको भावना राखेर बस्नु पर्ने विचार राख्नु भएको थियो |

आयोजकका तर्फबाट पर्वत मोदीकाली समाजका सल्लाहकार तथा बाल्टिमोरका युवा राजनीतिज्ञ एचबी भण्डारी र उपाध्यक्ष सरोजकृष्ण पुरीले सभासद र गायक दुवैलाई खादा पहिर्याएर स्वागत गर्नु भएको थियो |

पर्बत मोदिकाली समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले सभासद चापागाई र कलाकार विश्वकर्मालाई बाल्टिमोरमा स्वागत गर्न पाउदा आफुहरुलाई खुशी लागेको बताउनु भएको थियो | समाजका अध्यक्ष श्रेष्ठ पर्बत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योग बाणिज्य महासंघ नेपालका पुर्ब केन्द्रिय सदस्य हुनुका साथै पर्वतका बिभिन्न सामाजिक संस्थामा क्रियाशील समाजसेवी हुनुहुन्छ |

कार्यक्रमको अन्त्यमा गायक विश्वकर्माले गीत मार्फत मनोरंजन गराउनु भएको थियो भने उपस्थित सबैले नाचेर रमाइलो गरेका थिए |






,