श्रीमानले गरे श्रीमतीको हत्या

कञ्चनपुर जेठ, ३१-कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ छोटीकिँचाइका ३२ वर्षका केशव बोहराले श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार बोहराले जेठ २४ गते राति २६ वर्षकी श्रीमती मायाको हत्या गरेर घर नजिकैको गोठमा खाल्डो खनेर गाडेका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले हत्या आरोपमा बोहरालाई आइतबार धनगढीबाट पक्राउ गरिएको बताए