आऊ बुद्ध -मुना धनन्जय

आऊ बुद्ध 


अशान्ति भो जताततै
शान्ति छर्न आऊ बुद्ध ।

हत्या हिँसा गयो  बढ्दै
मौलाउदै असत् पनि।
अहिंसा र सत्यको पाठ
पढाउन आऊ बुद्ध ।।

धेरै भए बुद्धु यहाँ
बुद्धि विवेक हराउँदै।
अज्ञानीको भेल बढ्यो
ज्ञान बाँड्न आऊ बुद्ध ।।

लोभी पापी गए बढ्दै
सेवाभाव छैन अचेल।
मानवता र परोपकार
भाव बाँड्न आऊ बुद्ध ।।

 प्रेम सद्भाव भुल्दै सबले
दिनकै स्वार्थी यो दुनियाँ
अहंकारी अनैतिकलाई
नीति बाँड्न आऊ बुद्ध ।।

अशान्ति भो जताततै
शान्ति छर्न आऊ बुद्ध ।।