मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कञ्चनपुर असार, १-कञ्चनपुरको बेदकोट नगरपालिका नजिकै गएराति गाईसँग मोटरसाइकल ठोक्किँदा ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । दैजीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से ३ प ८६५१ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–६ का मुलाहा रानाको उपचारका क्रममा गएराति ११ बजे महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मोटरसाइल चालक देखतभूली–२ जाईका रामु राना र मोटरसाईकलमा सवार बेदकोट नगरपालिका–६ का २३ वर्षीय वीरेन्द्र राना सामान्य घाइते भएका छन् । घाइते दुबैजनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा सवार तीनै जनाले मदिरा सेवन गरेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।