गायिका संगीता थापा मगरको नयाँ प्रस्तुति - आँखैले खोज्यो तिमीलाई


बाल्टिमोर

गायिका संगीता थापा मगर अमेरिकाका नेपालीहरुका लागि चिनाउन पर्ने नाम होइन |  यिनै लोक तथा दोहोरी गायिका संगीता थापा मगरले हालै बजारमा आफ्नो नयाँ एल्बम र त्यसको म्युजिक भिडियो ल्याएकी छिन | पछिल्ला डेढ दुई बर्षमा उनले अमेरिकाका धेरै नेपाली कार्यक्रमहरुमा आफ्नो प्रस्तुति देखाएर चर्चित बनेकी हुन् |

यो लोकदोहोरी गीत संगीतले लोक दोहोरि गायक सी पी थापामगरसंग गायकी छिन | यो गीतको म्युजिक भिडियोमा संगीता थापा मगर आफै मोडेल बनेर देखा परेकी छिन |
संगीतालाई साथ् दिएका छन् - सुर्य थापाले | थापा पत्रकार समेत हुन् |

लाफा म्युजिकले बजारमा ल्याएको ‘आँखैले खोज्यो तिमीलाई’ गीतको शब्द र लय सि पि मगरको हो भने।लोकदोहोरी गायक सीपी संगीताका श्रीमान हुन | उनि अहिले कोरियामा बसोबास गर्छन |

यो गीतको भिडियोलाई माया आर्ट्सले निर्माण गरेको हो । यता संगीता अमेरिकाको न्युयोर्कमा रहेको चौतारी रेस्टुरन्टमा कलाकारका रुपमा काम गर्छिन र स्टेज कार्यक्रमहरुमा सहभागी हुन्छिन |

 

,