पाँचथरमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु

पाँचथर जेठ, २०-जंगली च्याउ खाएर पाँचथरमा थप एक जनाको ज्यान गएको छ । मंगलबार बेलुका जंगली च्याउ खाएर बिरामी भएका फिदिम–३ जैसीडाडाँका १४ वर्षका निशेष राईको ज्यान गएको हो ।
राईको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । योसँगै ११ दिनमा पाँचथरमा च्याउ खाएर ज्यान जानेको संख्या ८ पुगेको