क्यालिफोर्नियामा कांग्रेस रामेछाप जिल्ला सभापतिको भव्य स्वागत



अन्जान चालिसे 

"नेपाली जनसम्पर्क समिति अमेरिका "नर्दन क्यालिफोर्निया ले नेपाली कांग्रेस रामेछापका जिल्ला सभापती लव श्री न्यौपानेको एक भव्य कार्यक्रम राखी सन फ्रानसिस्कोमा स्वागत गरेको छ । ऊक्त कार्यक्रममा जन सम्पर्क समितिले समसामयि राजितीक तथा नेपालको आर्थिक नितीको बारेमा एक विशेष भेटघाट तथा छलफल कार्यक्रम  सम्पन्न गर्यो ।

उक्त कार्यक्रममा बौल्दै सभापती न्यौपानेले प्रवासमा रहेका तमाम प्रवासी नेपालीको रेमीटेन्सबाट नै सिग्गो देश चलिरहेकोले अर्बौको आर्थीक क्रान्तीमा पनी यॉहरूको बृहत सहभागीता हुनुपर्नेमा जोड दिनु भयो । साथै ७२ सालको माहाभुकम्पमा अमेरीकाबाट तत्काल राहत पूर्याउन गएका बिभिन्न संघ, संस्था तथा ती सहयोगी हातहरू प्रती आभार प्रकट गर्नु हुदै बिषेश धन्यबाद ज्ञापन गर्नु भएको थियो । सरल तथा सुशील नेताका नामले रामेछापमा जनताका घर घर पुगेर जनताको प्रतक्ष सरोकारका विषयमा चासो राखेकैले सबैको आशाको तथा भरोसाको केन्द्र वन्न सफल भएका छन् ।

सॉझ ६:०० बजे सुरूभएको उक्त कार्यक्रमको सभापतित्व जन सम्पर्क समिती नर्दन क्यालीफोर्नियाका सभापती पुर्ण शेर्पाले गर्नु भएको थियो भने कार्यक्रम संन्चालन सचिब हरी भट्ट ले गर्नु भएको थियो । सो अन्तर्क्रिया कार्यक्रममा जन सम्पर्क समिती अमेरीकाका बरिष्ठ उपसभापती धनन्जय नरसिं के सी , सचिब ईश्वर सापकोट , सदस्य चन्द्र कान्त धिताल संल्लाहकारहरू बिध्या सागर योन्जन र उत्तम कार्की लगाएत बिभिन्न संघ संस्थाका प्रतीनिधिहरूको बाक्लो उपस्थिती रहेको थियो ।