अनन्त सुबेदी लाई पितृ शोक



 नेपाली जनसम्पर्क समिती अमेरिका न्यूयोर्क च्याप्टरका सदस्य अनन्त सुबेदीका पिता गोबिन्द प्रसाद सुबेदीको ६१ वर्षको उमेरमा निधन भएको छ |

 तनहुँ निवासी स्वर्गीय गोबिन्द प्रसाद सुबेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका एक योद्धा हुनुहुन्थ्यो | उहाँले पंचायत बिरोधी आन्दोलनमा नेपाली कांग्रेसका तर्फबाट महत्वपूर्ण भूमिका खेल्नु भएको थियो |

सुबेदीको निधनले आफुहरु मर्माहत भएको भन्दै अमेरिकाका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शोक संदेश ब्यक्त गरिरहेका छन् |