जोखिम मोलेर पनि विदेशको यात्रा, रहर होइन बाध्यता -प्रकाश श्रेष्ठ


   
    भर्खरै अफगानिस्तानको कावुलमा आत्मघाती बम आक्रमणबाट निहत्था नेपालीहरुको ज्यान गएको छ । रोजगारीको शिलशिलामा आफ्नो ज्यान मृत्युको मुखमा पुग्न सक्छ भन्ने हेक्का हुँदा हुँदै र राज्यले सुरक्षा संवेदनशीलताको हिसावले असुरक्षित ठाउँछ यदी रोजगारीकै लागी जानेनै चाहना भए केवल  ग्रिन जोन भनि छुट्टाएको निकाय वा कम्पनीमा मात्र वैधानिक तवरबाट जान सक्छौ भन्दाभन्दै पनि अवैध ढंगबाट लाखौ खर्चेर त्यो र त्यस्तै देशहरु ईराक, कुवेत गएर निकै ठुलो जोखिम मोल्न नेपालीहरु तयार भएको पाईन्छ । यस्तै कारणले गर्दानै सुरक्षा गार्डको रुपमा कार्यरत १४ नेपालीहरुको अनाहकमा आतंककारी आक्रमणमा ज्यान गयो र केही घाईते समेत भए । पक्कै पनि आतंककारीको कुनै मानविय संवेदनशीलता भन्ने हुँदैन उनीहरु आफ्नो विरुद्धमा लाग्ने मात्रै हैन अन्य सबैलाई समेत निशानामा पार्छन् भन्ने कुरा यस्ता घटनाहरुले पुष्टी गरेको छ ।
 
      यस्ता घटनाहरु हामीले देख्दै आएका छौ, कतिपय जिम्मेवार मानिने विकासित देशका गतिविधीहरु पनि त्य किसिमको देखिकै छन् की आतंककारीको जवाफी कार्वाहीको नाममा कैयन सर्वसाधरणलाई मृत्युको चिहानमा धकेलिएको छ । चाहे त्यो सिरियाको घटना होस् या अन्य कतिपय मुलुकहरुको त्यस्ता गंभीर गल्तीहरुको कारण सिधासाधा जनताहरुले दिनदहाडै ज्यान गुमाएका छन्, छिनभरमानै ठुलाठुला शहरहरु खरानी बनेका छन् । यी र यस्तै घटना नहुनुपर्ने हो विडम्वना भईरहेका छन् र पछिल्लो समय विश्वमा बढि जसो धार्मिक कारणहरुसँग जोडिएका मुद्दाहरुका कारण यस्ता अप्रिय घटनाहरु हुने गरेको र यस्तै घटनाहरु घटाउने धम्कीहरु आतंककारीले दिने गरेको पनि पटक-पटक अन्तर्राष्ट्रिय जगतमा आउने गरेको पाईन्छ ।
   
  यस्ता दुखदायी त्रासिदीपुर्ण घटनाहरुबाट नेपालीहरुले मानविय क्षति बेहोर्न नपरे हुन्थ्यो भन्ने हामी सबैको कामना रहदाँरहदै पनि नेपालमा भने जस्तो र चाहेजस्तो रोजगारीको अवसर, व्यवसायिक वातावरणको अभावका कारण यस्तै खाले जोखिमपुर्ण, अशान्त युद्धग्रस्त मुलुकहरुमा विभिन्न तवरबाट मानव तस्करहरुको साथ लागेर जाने गरेको र थोरै समयमै आर्थिकरुपमा सम्पन्न हुने सपना साँचेको पाईन्छ र ती सपना कतिवेला चक्नाचुर हुन्छ त्यसमा खासै मतलव नगरे जस्तो देखिन्छ ।
   
    नेपाल सरकारले त्यस्ता देशहरु जहाँ आतंककारीहरुको कारण आन्तरिक सुरक्षा स्थिती अस्तव्यस्त छ त्यहाँ  नजानको लागी पटक पटक सुचनाहरु जारी गर्दै सचेत गराएको पनि पाईन्छ तथापी तिनै मुलुकहरुमा कसैगरि पुग्न सकेमा राम्रो कमाई छोटो समयमै हुन सक्ने प्रलोभन देखेर जाने गरेको पाईन्छ । यसैको फलस्वरूपनै विश्वभरी नेपालीहरु रोजगारीमा वैधानिक तवरबाट जाने क्रमको साथसाथै अवैधानिक तवरबाट जानेहरुको क्रम पनि त्यत्तिकै रहेको पाईन्छ ।

        यसरी अवैधानिकरुपमा विभिन्न देशहरुमा रोजगारी गर्न जाने र अनाहकमा ज्यान गुमाउने क्रम त्यतिवेला सम्म चलिरहने छ जतिवेला सम्म राज्यले आफ्ना नागरिकहरुलाई देश भित्रै रोजगारीको अवसरहरु सृजना गर्दैन र अवैधानिक तवरबाट त्यस्ता जोखिमयुक्त देशहरुमा जान पर्ने बाध्यताको अन्त्य हुँदैन त्यतीवेला सम्म यस्ता घटना घटिनै रहन्छ । विगतमा ईराकमा समेत निकै विभत्स तवरबाट आतंककारीहरुले नेपालीहरुको ज्यान लिएका थिए तर पनि ईराकमा रोजगारीमा अझै पनि नेपालीहरु जोखिम मोलेर जान बाध्य छन् ।

        नेपालीहरु अझै गोर्खालीहरु बहादुर हुन्छन् मर्न देखि डराउँदैनन् भनेर समेत मृत्युसँग लड्न सक्ने सामर्थ्य जस्तो सुकै कठिन परिस्थितीहरुमा पनि नेपालीहरु सँग छ भनेर अनेक तवरबाट गुनगान गाएर युवाहरुलाई जोखिम मोल्न उत्साहित गर्ने हाम्रो विगत देखिकै सामाजिक परम्पराले समेत कतिपय अवस्थामा यस्ता जोखिमपुर्ण देशहरुमा अवैध तरिकाबाट रोजगारीमा जानको लागी समेत हौसाईएको पाईन्छ । अत: यस्ता जोखिमयुक्त ठाउँहरु जानको लागी रोकथाम गर्न आवस्यकरुपमा सामाजिक जनचेतना समेत फैलाउनु आवस्यक छ । त्यसो हुन सकेमा कम्तीमा युवाहरु रोजगारीका लागी कम जोखिम युक्त मुलुकहरुमा वैध ढंगबाट जान प्रयासरत रहने छन् भन्ने आशा राख्न सकिन्छ ।

       अन्त्यमा, अफगानिस्तानमा भएको अमानवीय घटनाबाट ज्यान गुमाउने तमाम नेपालीहरु प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा धैर्यधारणा गर्ने शक्ती मिलोस् भनि कामना गर्दछु ।

,