नेपाली जनसम्पर्क समिती जापानको अधिबेशन अगस्टमा



ह्याप्पी बन्धु "बिश्व"
जापान 

नेपाली जनसम्पर्क समिती जापानको  छैठौ केन्द्रिय अधीबेसन अगस्ट १४ मा हुने भएको छ।

नेपाली जनसम्पर्क समिती  जापानको  छैठौ केन्द्रिय अधीबेसन अगस्ट १४ मा हुने भएको छ। आज आईतबार  नागोयामा बसेको बर्तमान अधीबेसन आयोजक समिती, काउन्सिल सदस्य, क्षेत्रीय सभापती, जनसम्पर्क निकट शुभेच्छुकहरु  लगायतको बिशेस भेलाले आउदो अगस्ट १४ मा अधिबेसन गर्ने निर्णय गरेको हो।

क्रमस १४ तारीकमा अधीबेसन सभा, अगस्ट २१ मा निर्वाचन र मत  गणना पश्चात २४ तारीकमा घोषणा सभा गर्ने निर्णय नारायण सुबेदीको सभापतित्वमा बसेको बैठक बाट निर्णय भएको प्रचारप्रचार समिती सदस्य यदुराम सापकोटाले द नेपाल टुडे डटकमलाई जानकारी दिनुभएको छ |

क्रमस १४ तारीखमा अधीबेसन सभा, अगस्ट २१ मा निर्वाचन र मत गणना पश्चात २४ तारीखमा घोषणा सभा गर्ने निर्णय नारायण सुबेदीको सभापतित्वमा बसेको बैठकबाट निर्णय भएको छ।

भेलाले निर्वाचन कमिटीमा तत्काल लाई महेश श्रेष्ठको संयोजकत्वमा बिनोद खनाल र आनन्द प्रसाद क्षेत्री रहेको ३ सदस्यीय कमिटी बनाएको छ। बिधान निर्माण समिती बर्तमान उपसभापति डण्डपानी कडेल(डिपी) को संयोजकत्वमा क्रमस सुबास लोहनी, बलराम श्रेष्ठ, रामजँग कार्की, रेशम डंगोल, महेश श्रेष्ठ, पिताम्बर चापागाई, पासाङ शेर्पा, भुपीगोबिन्द श्रेष्ठ, रामकृष्ण बम मल्ल , डा. हरेराम अर्याल  लगायतको ११ सदस्यीय समिती बनाएको छ।

प्रचार-प्रसारको लागि महामन्त्री राजेन्द्र जमर्कट्टेलको संयोजकत्वमा प्रबक्ता, रामशरण रेग्मी, यदुराम सापकोटा, सुरेस गिरी, राजबिन थापा विश्वबन्धु भण्डारी सहितको समिती बनेको छ।

अतिथी सत्कारको लागि, सभापती नारायण सुबेदी, महामन्त्री जमर्कट्टेल, बलराम श्रेष्ठ, महासमिती तथा महाधीबेसन प्रतीनिधी, काउन्सिल सदस्यहरुलाई जिम्मा भेलाले दिएको छ।

त्यस्तै आर्थीक ब्यबस्थापन समितीमा कोषाध्यक्ष पेम्बा लामाको संयोजकत्वमा सहकोषाध्यक्ष ऋषीराम कडेल, सदस्यहरु, बाबुराम सापकोटा, तुलसीराम खरेल, आत्मराम गैरे, हरि कडेल लगायतलाई जिम्मा दिएको छ। स्वयमसेवकको भुमिकामा कान्तो क्षेत्रीय कमिटीले संयोजन गर्ने गरी ८ वटा क्षेत्रीय संयोजकलाई जिम्मा दिने र सबै जनसम्पर्क निकट सदस्यहरुलाई खटेर लाग्न भेलाले जिम्मा दिएको क्युशु क्षेत्रका सल्लाहकार जीवन खड्काले जानकारी दिनुभयो |

 अधीबेसनको मिती घोषणासँगै  जापानमा रहेका कांग्रेसहरुमा अधीबेसनको रौनक देखीएको छ। आफ्नो पक्षमा भोट तान्न आकांक्षीहरु लागीसकेका छन्। यही जुन २६ तारीकमा कान्तो अधीबेसनको मिती तोकीएकोले कान्तो अधीबेसनलाई आफ्नो पक्षमा पार्न पनि उमेदवारका आकांक्षीहरु  लागिरहेका छन्।

आगामी अधीबेसनबाट सभापती, महामन्त्री र कोषाध्यक्ष सहीत सभापतीले ७ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने गरी समिती बन्नेछ। ३ जना उपाध्यक्ष,  प्रबक्ता र २ जना सहमहामन्त्री भने  निर्वाचीत २२ जना निर्वाचीत सदस्यबिचबाट सभापतीले मनोनीत गर्ने बिधानमा उल्लेख भएको केन्द्रीय सदस्य जिवन खड्काले जानकारी गराऊनुभएको छ |





,