ट्रयांकरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

बारा, असार २ - वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको परवानीपुरमा बिहान ट्यांकरले  मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । मोटरसाइकल चालक घाइते भएका छन् । वीरगन्जबाट इन्धन लिएर अमलेखगन्जका लागि छुटेको ना ४ ख २५३६ नम्बरको ट्यांकरले बाराको लिपनीमाल ८ नजिकै रहेको केडिया आँखा अस्पताल अगाडिको सडकमा ना ७ प ३१६५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।ठक्करबाट मोटरसाइकलमा सवार बाराको पचरौता बेनौली घर भएकी २८ वर्षे अनिता तिवारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालकको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले पक्रेको छ ।