सुत्केरीको ज्यान गएपछि अस्पतालमा तोडफोड

झापा असार,२-प्रसुति गराउन आएकी एक महिलाको ज्यान गएपछि मृतकका आफन्तले झापाको दमकस्थित ओम मेची अस्पताल तोडफोड गरेका छन् । झापाको कन्काई नगरपालिका वडा नम्बर ७ की २७ वर्षिया मिना फुयालको बिहीबार बिहान अस्पतालमा अकस्मात ज्यान गएको थियो । बुधबार भर्ना भएकी महिलाले बिना शल्यक्रिया छोरी जन्माउनु भएको थियो । तर एकाएक उहाँको अकस्मात मृत्यु भएको अस्पतालले जनाएपछि पीडित परिवार तथा आफन्तले आक्रोसित हुँदै अस्पतालमा तोडफोड गरेका हुन् ।