बिहानै भूकम्पले हल्लायो

काठमाडौं जेठ,२१-सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ५ बजेर १० मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो गएको वर्ष वैशाख १२ गते गएको भूकम्प कै परकम्प हो । योसँगै अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ४ सय ६० परकम्प गैसकेको उहाँले बताए ।