एक पटक ईलाम पुग्नु होला है -मदन रिजाल



नेपाल एक सुन्दर देश जस्ले विश्व मानचित्रमा एउटा सुन्दर पहिचान बनाउन सफल भैसकेको छ। शान्तिका प्रतिक बुद्दको देश होस या सगरमाथाको त्यो उच्चभुमी सबैले नेपाल चिन्ने एउटा एउटाबहाना पाएकै छ्न।

काठमन्डौ, पोखरा, जोमसोम्, मुस्ताङ सबै घुम्न चाह राख्छन एकपटक् खप्तड देखी कन्चन्जङ्घासम्म सबै यस्तै ठाउहरुमा पर्यटकिय नगरिको रुपमा आफ्नो पहिचान खोज्दैछ | पुर्वको एकसुन्दर नगरि इलाम १७०३ वर्ग किमी क्षेत्रफलामा फैलिएको इलाम साच्चै सुन्दर छ। बर्षमा दुइपटका धानका बाला झुल्ने दानावारी देखी बार्है मास बुक्की फुल मात्रै फुल्ने चौर सबै इलामले समेटछ। ३६३६ मिटर अग्लो सन्दकपुरमा हिउसङ्ग खेल्न होस या श्री अन्तुको डाडाबाट घामको पहिलो झुल्को हेर्न होस सबै लालायित हुन्छ्न ।

इलाम भन्ने बित्तिकै सबैको दिमागमा चिया बगान अनि चियाका बुट्ट्यान सम्झ्न्छन याद पनि किन नगरुन नेपालको चियाबारिको गाउ नै उपमा पाएको छ इलामले, पाखापखेरा भरी चियाका बोटहरु बोकेको छ अनि रमाएको छ आफु अनि अरुलाई पनि खुशी हुने एउटा बहाना पनि त दिएको छ । इलाम पुगेर माइपोखरीसम्म नपुग्ने सायदै होलान। रामसार क्षेत्रमा समेत सुचिकृत माइपोखरी साच्चै सुन्दर छ । अकबारे खुर्सानि, ललिपप्, छुर्पि, अदुवा, ओलन, चिया सबै इलामका पहिचान हुन । इलाम घुम्न आएका पर्यटकको आतिथ्य सत्कारका लागी ईलामेलि प्रख्यात छन् |

शब्दमा सायद इलाम सायदै ब्याख्या गर्न सकिएला।जसरि कवी भुपी शेरचनलाई आफ्ना कवितामा देशैभरी अलि अलि इलाम बाड्न मनलागेको थियो त्यसरि नै हरेक इलाम घुम्नेलाई फेरी एकपटक इलाम घुम्न मन लाग्छ| त्यसैले तपाइलाई पनि कन्यामका चिया सङ्गै रमाउन्, बादलुको घुम्टो भित्र रमाउन अनि आलु र अकबारे खुर्सानिको स्वाद लिएर माथी माइपोखरी हुँदै सन्द कपुर सम्म पैदल यात्रा गरेर रमाउन अनि हशिला रसिला इलामे सङ्ग माया साट्न तपाइ पनि एकपटक इलाम पुग्नुहोला|