एसएसपी खरेल बिरुद्ध प्रेस बिज्ञप्ति

नासो कमिटि अमेरिकाका अध्यक्ष  गोपाल विश्वकर्माले नेपाल सरकारका कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवन प्रसाद खरेलले छुवाछुत प्रथा हटाउन नमिल्ने दाबी गरेको भन्ने समाचारप्रति आफ्नो संस्थाको ध्यान आकर्षण भएको जनाउनु भएको छ |
                                               
"एक्काईसौ सताब्दीमा देशको कानुन पालना गराउने ओहोदामा आसिन एउटा जिम्मेवार प्रहरी अधिकृतको मुखबाट सार्बजनिक स्थानमा ब्यक्त उक्त विचारले हरेक चेतनशील मानवलाई झस्काएको हुनुपर्दछ |" अध्यक्ष विश्वकर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ |

 "एकातिर जातीय छुवाछुत देशको हरेक ऐन, नियम र कानुनले बर्जित गरेको कुरा छ भने अर्कोतिर सोहि ऐन, नियम र कानुन पालना गराउने व्यक्ति पर्नुहुन्छ, कोशी अञ्चल प्रहरी प्रमुख, एसएसपी, पवन प्रसाद खरेल | देशको बिध्यमान  ऐन, नियम र कानुनका बिरुद्धमा गएर बोल्न एउटा प्रहरी अधिकृतलाई कत्तिको छुट हुन्छ ? सोचनीय बिषय बनेको छ |" बिज्ञप्तिमा उहाँले भन्नुभएको छ |

"उहाँले आफुले बोलेका कुराका बारेमा नेपाली जनता र बिशेष गरि दलित र उत्पीडित समुदायसंग स्पष्ट पार्नु पर्दछ | उहाँको भनाईले दलित उत्पीडित समुदायको भावनामा ठेस पुगेको छ | अन्यथा हामी कानुनी उपचारको खोजीमा लाग्नेछौं |" नासोका अध्यक्ष गोपाल विश्वकर्माले द नेपाल टुडेसंग भन्नुभयो |

अध्यक्ष विश्वकर्माद्वारा जारी बिज्ञप्ति यसप्रकार छ:

                 
 प्रेस बिज्ञप्ति 

दलितसँग आबद्ध धरानको एक संस्थाको आयोजनामा भएको सार्वजनिक कार्यक्रममा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवन प्रसाद खरेलले छुवाछुत प्रथा हटाउन नमिल्ने दाबी गरेको भन्ने समाचारप्रति हाम्रो ध्यान आकर्षण भएको छ | 

एक्काईसौ सताब्दीमा देशको कानुन पालना गराउने ओहोदामा आसिन एउटा जिम्मेवार प्रहरी अधिकृतको मुखबाट सार्बजनिक स्थानमा ब्यक्त उक्त विचारले हरेक चेतनशील मानवलाई झस्काएको हुनुपर्दछ | एकातिर जातीय छुवाछुत देशको हरेक ऐन, नियम र कानुनले बर्जित गरेको कुरा छ भने अर्कोतिर सोहि ऐन, नियम र कानुन पालना गराउने व्यक्ति पर्नुहुन्छ, कोशी अञ्चल प्रहरी प्रमुख, एसएसपी, पवन प्रसाद खरेल | देशको बिध्यमान  ऐन, नियम र कानुनका बिरुद्धमा गएर बोल्न एउटा प्रहरी अधिकृतलाई कत्तिको छुट हुन्छ ? सोचनीय बिषय बनेको छ | समाचारमा आएका उहाँका बोलिहरु उपर एसएसपी पवन प्रसाद खरेलले जनतालाई र बिशेष गरि जातिय उत्पीडनको शिकार बनेको दलित समुदाय समक्ष आफ्नो बोलि सच्याएर स्पष्टिकरण दिनुहुने छ भन्नेमा हाम्रो संस्था विश्वस्त छ | यदि त्यसो नभएमा उहाँका बोलि उपर देश बिदेशमा रहेका दलित मानव अधिकार र सचेतनाको क्षेत्रमा कार्यरत संघ संस्थाले एक भएर बिरोधमा उत्रिनु पर्ने र नेपाल सरकारलाई कारवाहीको लागि दबाब दिनुपर्ने अवस्था आउने छ | हाम्रो संस्थाले यस्ता गतिबिधि कुनै पनि हालतमा सहेर बस्न नसक्ने स्पष्ट पार्दै एसएसपी पवन प्रसाद खरेलले आफुले बोलेको बिषयमा सार्बजनिक रुपमा माफी माग्दै आफ्ना विचारलाई स्पष्ट पार्न अनुरोध गर्दछौं | 

 जुन ४, २०१६ 

गोपाल विश्वकर्मा 
अध्यक्ष 
नासो कमिटि अमेरिका

,