घाँस काट्न गएका युवकको करेन्ट लागेर मृत्यु

रोल्पा असार,१-पूर्वी बडाचौरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। बडाचौर–४ मछेटिका ३२ वर्षीय रञ्जित रोकाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रुखमा घाँस काट्दै गरेका रोका एक्कासी विजुलीको तार छुन पुगेका थिए ।  रोकाको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रहरी र स्थानियको सहयोगमा जिल्ला अस्पताल रेउघा ल्याउने तयारी भई रहेको प्रहरीले जनाएको छ