नन्दिता, प्रवेश र दिपक अभिनित म्युजिक भिडियोको सुटिंग अमेरिकामा




अमेरिकाको भ्रमणमा रहेकी नायिका नन्दिता के.सीले न्यु योर्कमा एउटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन | उनलाई साथ दिएका छन् कलाकार प्रवेश उप्रेती र दिपक ज्ञवालीले |

नेपालमा रेकर्ड भएको एउटा गीतको लागि न्यु योर्कमा म्युजिक भिडियो तयार हुदै गरेको हो | निर्देशक प्रसन्न पौडेलको निर्देशन रहेको यो म्युजिक भिडियोको छायांकन गरेका हुन् चर्चित क्यामराम्यान शम्भु मोक्तानले |

गायिका दिक्षा ज्ञवालीले गाएको गीत 'सानी छु म डल्ली छु म' को काल्पनिकतामा रमाएको यो गीतमा नन्दिता, प्रवेश र दिपकले अभिनय गरेका हुन् | न्यु योर्क र कनेक्टिकटका बिभिन्न स्थानमामा दुई दिनसम्म छायांकन गरिएको हो |

मनदीप केशरी अर्यालको शब्दलाई  गायिका दिक्षा ज्ञवालीले आफैले संगीत भरेकी हुन् | झन्डै दुई हप्तामा सार्बजनिक हुने यो भिडियोको एरेन्जर धिरज श्रेष्ठले एरेन्ज गरेका हुन् |

म्युजिक भिडियोको सम्पादन सुबास अर्यालले गर्ने भएका छन् | निर्देशक पौडेल आफैले कोरियोग्राफी गरेका छन्











, ,