पत्रकारको गीत पत्रकारको नाच



पाल्पामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका  पत्रकार देब पचभैया मगरको स्वर, शब्द र लयमा रहेको मगरी गीत 'हाईमाया' मा  पाल्पाली पत्रकारहरु छमछमी नाचेका छन् ।

 पुराना संगितकार एबं गायक बिबि अनुरागीले एरेन्ज गर्नुभएको 'हाईमाया' पाल्पा, बाग्लुङ लगाएत स्थानका मगरहरुले गाउने पुरानो ठाडो भाका हो ।

पचभैयालाई स्वरमा साथ दिनुभएकी बरिष्ठ लोकगायिका शर्मिला गुरुङ्गले हराउन लागेको मगरी गित हाईमायाले सस्कृति संरक्षणका साथै नया पुस्तालाई पनि पुरानो लोकभाकाको बारेमा जानकारी हुने बताउनुभएको छ ।