बृहत समर पिकनिकमा बाल्टिमोर तमु समाजको स्थापना


बाल्टिमोर, मेरिल्याण्ड

अमेरिकाको मेरिल्याण्डमा बाल्टिमोर तमु समाजको स्थापना भएको छ | दिनेश गुरुङको सभापतित्वमा आईतबार एक कार्य समिति गठन भएको हो | मेरिल्याण्डमा बस्ने गुरुङहरुको बृहत समर पिकनिकका अवसरमा उक्त समितिको गठन गरिएको हो |

समितिको उपाध्यक्ष बलबहादुर गुरुङ, सचिव गणेश कुमार गुरुङ, सह सचिव शोभित गुरुङ र कोषाध्यक्ष ईशा , सहकोषाध्यक्ष नरेश गुरुङ, सदस्यहरुमा कृष्ण गुरुङ , श्यामराज गुरुङ , हिरा गुरुङ , मेख गुरुङ, कमलराज घले, दिपा गुरुङ, नारायण सिंह गुरुङ रहनुभएको छ |

 तमु समाज बाल्टिमोरको सल्लाहकारहरुमा प्रकाश गुरुङ, कुलप्रसाद गुरुङ, रुद्र प्रसाद गुरुङ, राज कुमार गुरुङ, किरण गुरुङ,  बुद्ध सिंह गुरुङ रहनु भएको छ |

सो अवसरमा नाच गान गरिनुका साथै रमाइलो खेलहरु खेलाईएको थियो |

साथै अमेरिकाको फादर्स डे परेकोले सम्पूर्ण बाबुहरुका तर्फबाट केक काटिएको थियो |











,