चुरोट किन जलाउछु ? -कृष्ण अधिकारी

 चुरोट किन जलाउछु ?

कहिले आफै रमाउने चाहनामा जलाइरहेछु ,

कहिले गम भुलाउने बहानामा जलाइरहेछु

जब जब जाडोले मुटु थरथरी काप्छ
अनि सम्झिन्छु आमाको न्यानो काख,
जब जब थकित अनि निरास फर्कन्छु डेरामा
सम्झिन्छु बुवाको निरन्तर त्यो साथ्

अकस्मात बादल लागेर आउछ आखामा ,
अनि पानी पर्छ,दुबैको सम्झनमा जलाइरहेछु

हैन म केवल चुरोट जलाइरहेको छैन
प्रायस: आफ्नै फोक्सो जलाइरहेछु
बस जलाउने बहानामा दिन ढलाइरहेछु
साच्चै भनु त् ,आफ्नै पार्थिक देह जलाइरहेछु |

जब रातभरी आफ्नै देब्रे पाखाले बिर्सन्छ,
उ मेरै सरिरको अंग हो भनेर
अनि मध्यरातको सन्नाटा मा चर्किन्छ
भुइचालोको भन्दा कम्पन बढ्छ
कौन्ते भिम बन्ने बहानामा जलाइरहेछु|

मध्य रात अनि हृदय को कम्पन उस्तै
झिसमिसेमै उठ्छु पाइला चल्दैन
कठ्याँग्रियाको हातले तस्बिर छाम्छ
अनि बोलाउछ अपसोच तस्बिर बोल्दैन|

डेरा फर्कने पाइला अस्पतालको सैयामा हुन्छ
दिलभित्र बादल मडारिएर आउछ ,
घर सम्झन्छु गाउ सम्झिन्छु ,अनि
के भो तलाई भन्ने हरु सम्झन्छु ,
एक्लो पनको बहना मा जलाइरहेछु|


जब सम्झिन्छु ति हात हरु
जो मेरो पर्तिक्ष्यामा लम्पसार पारिरहेछन ,
जान्दिन यी पाइला लाग्नुपर्ने कता तिर हो?
अनायासै बेसितिर बेजोड झरिरहेछन ,
अनि जलाउछु बिचरा त्यो चुरोट
बस यस्तै बहानामा जलाइरहेछु |

जब सम्झिन्छु त्यो निर्दोस स्त्रीलाई
जो मलाई उसकी भन्न रुचाउछे ,
अनि भक्कानिएर मन रुन्छु भन्छ
मन फकाउने बहाना मा जलाई रहेछु |

कहिले आफै रमाउने चाहनामा जलाइरहेछु ,
कहिले गम भुलाउने बहानामा जलाइरहेछु |