यस पटक पनि बाल्टिमोरको शान बढाउने छौं -कप्तान बिबेक तामांग


बाल्टिमोरमा रहेको नेपाली फुटबल टिम 'बाल्टिमोर एथलेटिक क्लब' फुटबलमा चासो राख्ने नेपाली अमेरिकनहरुका लागि प्रिय नाम हो | अरु स्टेटका नेपालीहरु पनि  अमेरिकाका नेपालीहरु 'बाल्टिमोर एथलेटिक क्लब' का फ्यान भएको पाइन्छ |

सन् २००८ मा यो क्लबको स्थापना भएको हो | शुरुमा आफ्नै मनोरन्जनका लागि यो क्लबको स्थापना भएको थियो, अहिले भने अमेरिकामा रहेका नेपालीहरुको नेशनल गेमका लागि उनीहरु नभई नहुने भएको छ | यस पटक क्यालिफोर्नियामा नेप्लिज अमेरिकन कन्भेन्सनले आयोजना गर्ने फुटबल टुर्नामेन्टमा पनि यो टिमको सहभागिता रहने भएको छ |

यो टिमले एएन ए कन्भेन्सनमा हुने प्राय सबै प्रतिस्पर्धामा सहभागिता जनाउदै आएको छ | २००८ मा पहिलो पटक मै प्रथम स्थान हासिल गरेको थियो | २०१२ मा टेक्सास र २०१३ मा न्यु योर्कमा भएको एएनए च्याम्पियनशिप मा प्रथम स्थान हासिल गरेको थियो | अरु बर्षमा कहिले फाईनल त् कहिले सेमी फाईनल सम्म पुगेको ईतिहास छ | आफुहरुले हरेक पटकको खेलमा धेरै राम्रो र ब्यबस्थित खेल प्रदर्शन गर्न सफल भएको कप्तान बिबेक तामांगले द नेपाल टुडेसंगको कुराकानीमा बताए | हरेक हप्ताको आईतबार खेल्ने हाम्रो नियमित क्यालेन्डर हो, अहिले त दुइ महिना देखि अझै बढी मिहेनत गरेका छौं -तामांगले बाटै |

टिम कप्तान बिबेक तामांग भन्छन -"हामी खेल्न मात्र होइन अघिल्ला बर्षमा जस्तै पहिलो स्थानमा हासिल गरेर आउने छौं | अमेरिकामा रहेका नेपालीलाई मनोरंजन दिनेछौं, बाल्टिमोरका नेपालीको नाम र शान राख्नेछौं |" टिमका केहि साथीहरु मेरिल्याण्ड बाहिर भएपनि यहि टिमबाट खेल्नु हुने तामांगले बताए |

यो टिमलाई सहयोग गर्नका लागि बिभिन्न ब्यक्ति, संघसंस्था र ब्यापारीहरुले हात अगाडी बढाईरहेका छन् | ब्यबसायिक संस्था घिमिरे होमले शुरुदेखि नै सहयोग गरेकोमा यो बर्ष पनि थप सहयोग गर्ने भएको तामांगले बताए |  मेरिल्यान्डको सक्रिय संस्था बानाले बिगतमा जस्तै यसपटक पनि सहयोग गर्ने बानाका सचिव श्रीजन ताम्राकारले द नेपाल टुडेलाई बताए |

"प्लेन टिकट, होटेल, र अन्य खर्च झन्डै १० हजार डलर लाग्छ होला | हामी सबैसंग सहयोगको लागि आग्रह गरेका छौं |" क्याप्टेन तामांगले सुनाए |

"गो फण्ड मी संचालन गरेर पैसा हाल्न शुरु गरेका छौं " बानाका सचिव तथा मेरिल्याण्डका हामी नेपाली फेसबुक समूहका संचालक सक्रिय युवा समाजसेवी श्रीजन ताम्राकारले भने |
"यो हाम्रो आफ्नै आगनको टिम हो, यसलाई सपोर्ट गर्नु हामी सबैको दायित्व हो | बानाले सक्दो सहयोग गर्नेछ |" बानाका महासचिव देबब्रत शर्माले भने |


,